Comments Add Comment

मेक्सिकोमा ऐतिहासिक राजनीतिक बदलाव, पहिलोपटक वामपन्थी नेता राष्ट्रपति निर्वाचित

१८ असार, काठमाडौं । मेक्सिकोमा ऐतिहासिक राजनीतिक परिवर्तन भएको छ । यहाँको राष्ट्रपति निर्वाचनमा पहिलो पटक वामपन्थी उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनबाट वामपन्थी नेता आन्द्रेस मेनुएल लोपेज ओब्राडोर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।

मेक्सिको सिटीका पूर्वमेयर ओब्राडर एम्लो नामले लोकप्रिय छन् । निर्वाचित भएलगत्तै उनले देशमा अब महत्वपूर्ण परिवर्तन हुने बताएका छन् ।

ओब्राडोरले ५३ प्रतिशत मत ल्याएको र प्रतिद्वन्द्वी पार्टीले हार स्वीकार गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर आलोचक ६३ वर्षीय ओब्राडोरले निर्वाचनमा भ्रष्टाचारको मुद्दालाई प्रमुख रुपमा उठाएका थिए ।

अमेरिका र मेक्सिकोबीच तनावपूर्ण सम्बन्ध रहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत नवनिर्वाचित ओब्राडोरलाई बधाइ दिएका छन् ।

मेक्सिकोमा १९२९ देखि हरेक ६ वर्षमा राष्ट्रपतिको चुनाव हुँदै आएको छ । तर वामपन्थी दलले निर्वाचन जितेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment