गायिका बिन्दु पौडेलको तिज गीत ‘आँखी गाजल …’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको सिड्नीमा सो भिडियो तयार भएको हो ।
यो गीतमा बिन्दु पौडेलको स्वर तथा शिव हमालको लय र शब्द रहेको छ । यसअघि नेपाल रहंदा बल्ल पर्यो फेला, तिमी मेरो मुटु हौ धडकन हौ, तिजमा छमछम नाच मायालु लगायतका गीतहरूमा स्वर दिइसकेकी बिन्दुले सात बर्षको अन्तरालपछि यो गीत गाएकी हुन् ।
नेपालमा रहँदा दर्जनौ म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गरेका निर्देशक बिजय थापाले यस म्यूजिक भिडियोको निर्देशन गरेका छन् । मायालु इन्टरनेसनल प्रालीले बजारमा ल्याएको यो म्युजिक भिडियोमा अंकित केसीको छायांकन, तथा बिष्णु शर्माको सम्पादन रहेको छ ।
सिड्नीस्थित रकडेलमा रहेको इन्दे्रणी फङ्सन सेन्टरमा छायांकन गरिएको यस गीतमा प्रतिमा थापा बस्नेतले अभिनय गरेकी छन् ।
मायालु इन्टरनेसनल प्रालीका निर्देशक बिष्णु सापकोटाले गीत लोकपि्रय हुने आशा व्यक्त गरे ।
प्रतिक्रिया 4