Comments Add Comment

मिलनको प्रचार अष्त्र: पहिले सोनिका, अहिले रक्षा

निर्देशक मिलन चाम्स आफ्नो नयाँ चलचित्र ‘बोबी’ को प्रचारका लागि मोफसल दौडमा छन् । उनले विभिन्न शहरमा कन्सर्ट गर्नेछन्, जसको सुरुवात पोखराबाट भएको छ ।

पोखरामा भएको कन्सर्टमा चलचित्रका मुख्य कलाकार उमेश थापा र कविता गुरुङ सहभागी भए । तर, कार्यक्रमको आकर्षण बनिन् हाँस्य सिरियल ‘भद्रगोल’ मार्फत चर्चामा रहेकी रक्षा श्रेष्ठ । यो चलचित्रमा रक्षा छैनन्, केवल प्रचारमा मिलनले उनको अनुहार प्रयोग गरेका हुन् । रक्षा बोल्ड पहिरन लगाएर स्टेजमा चढेपछि दर्शक तातेका थिए ।

यसअघि चलचित्र ‘लिलिबिली’ को काठमाडौं प्रचारका क्रममा मिलनले युटयूबर सोनिका रोकायालाई होस्ट बनाएका थिए । प्रदिप खड्का, जसिता गुरुङजस्ता कलाकार कन्सर्टमा हिँड्दा सोनिका रोकाय निकै छोटो पहिरन लगाएर स्टेज चढेकी थिइन् । नायक प्रदिप खड्काको डिमान्डमा सोनिकाले कार्यक्रम होस्ट गरेको बुझिएको छ । सोनिकाको भित्री वस्त्र देखिएका तस्विर र भिडियो युट्यूब र फेसबुकमा छरिएका थिए ।

चलचित्रको प्रचारका लागि विभिन्न फन्डा अपनाउन मिलन माहिर छन् । तर, उनको प्रचारमा कलाकार भन्दा मोडलहरुले लाइमलाइट बटुलेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment