Comments Add Comment

लुका मोडरिक


विश्व फुटबलमा अहिलेको सयमका उत्कृष्ट मिडफिल्डर लुका मोडरिक क्रोएसियन टिमका मुख्य खेलाडी हुन् ।

सन् २००६ देखि क्रोएसियन टिममा रहेका मोडरिकले ११० खेलमा १४ गोल पनि गरेका छन् ।

क्रोएसियाका कप्तानसमेत रहेका उनले अर्का मिडफिल्डर इभान र्‍याकिटिकसँगको तालमेलमा क्रोएसियालाई विश्वकप दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन् ।

क्वार्टरफाइनलसम्म पुगेको क्रोएसियाका लागि उनले यसपटक दुई गोल पनि गरेका छन् । डेनमार्कसँगको अन्तिम १६ को खेलमा पाएको पेनाल्टी सदुपयोग गर्न नसके पनि खेल ट्राइब्रेकरमा पुग्दा उनले गोल गरेका थिए ।

क्लब फुटबलमा स्पेनिस क्लब रियल मडि्रडबाट खेल्ने उनले २०१७ को क्लब विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पनि पाएका थिए । साथै रियल मडि्रडलाई च्याम्पियन्स लिग जिताउँदा पनि उनी सबै खेलमा सुरुवाती ११ मा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment