Comments Add Comment

विश्वकप कविता-चोकचोकमा गोल

आजसम्म भकुण्डो प¥या छैन खुट्टामा
कस्ले जित्ने कस्ले हार्छ बाजी बिथ्थामा ।

मेस्सी गयो अर्जेन्टिना, गयो रोनाल्डो
म्याच हेर्दा हानाहान भो खुस्क्यो डँडाल्नो ।

३२ इन्चको टीभी किन्यो ऋण काढेर
दिनरात वर्ल्डकप हेर्ने रोपाँइ छाडेर ।

उठेदेखि नसुतुँञ्जेल लाग्यो विश्वकप
खान छैन निस्तो च्युरा मुख मा कपाकप ।

चुनावताका प्रतिद्वन्दी कांग्रेस एमाले
जनता सिद्दे ब्राजिल र अर्जेन्टिनाले ।

एउटै बलको पछि लाग्छन् पुरै २२ जना
विश्वभरका मान्छे बिग्रे हेर्दै जोखाना ।

नाम कण्ठै कोष्टा स्वारेज् एम्बाप्पे नेमार
पाठ्यपुस्तक फिट्टु आँउन्न जाँचमा बिमार ।

जर्मन हारे, स्पेन हारे यता केको रोइलो ?
खेल्छन् राति चोकचोकमा ‘गोल’ को भैलो ।

जो सुकैले जितोस कप हाम्लाई केको बाल ?
आफ्नै देशले खेल्न पाउन्न अझै पचास् साल ।

-रबिन्द्र अधिकारी , बनेपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment