Comments Add Comment

माइतीघरमा नेविसंघको विरोध प्रदर्शन

२० असार, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । सरकारले प्रदर्शन गर्न निषेध गरे पनि नेविसंघले प्रदर्शन गरेको हो ।

उनीहरुले सरकार विरुद्ध नाराबाजी गर्दै माइतीघर मण्डला परिक्रमा गरेका छन् । प्रदर्शनलाई लक्षित गरी ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । नेविसंघ कार्यकर्ताले छोराको हत्यामा संलग्नको कारबाहीको माग राख्दै आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको माग पूरा गर्न माग गरेका छन् ।

माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी छन् ।

प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका छन् ।

सरकारले काठमाडौंको माइतीघरलगायत सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि निश्चित ७ ठाउँ ताेकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment