Comments Add Comment

गृहमन्त्रीले भने – लागूऔषध कारोबारी को को हुन् थाहा छ

'समयमा काम नसक्ने ठेकेदारलाई छुट दिनेवाला छैनौं'

२० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध कारोबारी को को हुन् भन्ने कुरा आफूहरुलाई थाहा भएको बताएका छन् ।

बुधबार संसदलाई संबोधन गर्दै उनले लागूऔषध कारोबारी र व्यापारीहरुको सम्पूर्ण विवरण सरकारसँग भएको भन्दै अब कठोर कदम उठाउने बताएका हुन् ।

‘लागूऔषधका कारोबारीहरुलाई कानुनको कठघरामा उभ्याउन सकेनौं भने हाम्रो विकास र समृद्धिको कल्पना फगत साबित हुनेछ’, थापाले भने, ‘अब सरकारले उनीहरुप्रति कठोर कदम उठाउँछ ।’

थापाले सरकार भ्रष्टाचार र अपराधप्रति शून्य सहनशीलताको नीतिमा दृढ रहेको समेत बताए । भ्रष्टाचारको बेथिति अन्त्य नभएसम्म विकास र समृद्धिको लक्ष्य पूरा नहुने उनको भनाइ थियो ।

‘अपराधको निस्तेज र नियन्त्रण सुशासनसँग जोडिएको छ । र, सुशासनलाई निस्तेज नपारेसम्म विकास पूरा हुन सक्दैन’, उनले भने, ‘हामी त्यसमा दृढ छौं ।’

थापाले समयमा काम नसक्ने ठेकेदारविरुद्धको अभियान पनि जारी रहेको बताए । ‘विकासको परियोजनामा ठेक्का लिनेहरु जसले समयमा काम पूरा गरेका छैनन्, त्यो कानुनको उलंघन र गैरजिम्मेवारपूर्ण कदम हो’, गृहमन्त्री थापाले भने, ‘हामी कुनै पनि ठेकेदारलाई छुट दिने वाला छैनौं ।’

‘समयमा काम नसक्नेहरु जनताको अदालतमा उभिनुपर्छ, कानुनको कठघरामा उभिनै पर्छ’, थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment