+
+

फ्रान्सविरुद्ध काभानी खेल्ने अझै अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते २०:२४

काठमाडौं । विश्वकपमा शुक्रबार राति पौने ८ बजे हुने क्वाटरफाइनल खेलमा फ्रान्सविरुद्ध उरुग्वेका स्टार स्ट्राइकर एडिसन काभानी खेल्न सक्छन् कि सक्दैनन् अझै निश्चित भएको छैन ।

पोर्चुगलसँगको अन्तिम १६ को खेलमा महत्वपूर्ण दुई गोल गरेका काभानी फ्रान्सविरुद्धको खेलमा ठीक नहुने चिन्ताले उरुग्वे टिममा समस्या परेको छ ।

पोर्चुगलविरुद्ध खेल्दा एक्कासी गोडामा समस्यामा देखिएपछि उनले मैदान छाडेका थिए ।  ३१ वर्षका काभानी बुधबार उरुग्वे टिमको अभ्यासमा पनि सामेल हुन सकेनन् ।

प्रशिक्षक ओस्कार तबरेजले उनी फिट भए पनि दोस्रो हाफमा मात्रै मैदान प्रवेश गराउने तयारी गरेका छन् । उनको स्थानमा क्रिष्टियन स्टुआनीलाई खेलाइने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?