Comments Add Comment

डा. केसीको जीवन रक्षा माग गर्दै कांग्रेसको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

२२ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रा. डा. गोविन्द केसीको जीवन रक्षा र माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने भएको छ ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध गरेको छ र प्राविधिक त्रुटी सच्याउने बाहेक अध्यादेशको हुबहु ल्याउनुपर्ने माग गर्दै आएको छ ।

डा. केसी ६ दिनदेखि जुम्लामा अनसनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न चाहेपनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमै अनसन बसेका उनलाई प्रहरीले खेलकुद कभर्ड हलमा लगेर छाडेको थियो । त्यहीँ अनसनलाई जारी राखेका उनको स्वास्थ्य कमजोर भएपछि बिहीबार अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment