Comments Add Comment

इतिहासकै सुन्दर र कामुक महिला हुन् क्लियोपेट्रा, तर दुखलाग्दो छ उनको जीवनकथा

हामी सुन्दरताको कुरा गर्छौं । सुन्दरी प्रतियोगिताहरु आयोजना गरिन्छ । सुन्दरताको चर्चा सर्वत्र हुनेगर्छ । सुन्दरता, जसलाई हामी प्राकृतिक देन मान्छौं, तर त्यसको सर्वव्यापी मानक के हो ?

जब हामी सुन्दरताका प्रसंग उप्काउँछौं, पौराणिक पात्रहरुको स्मरण हुन्छन्, जसको सुन्दरताको अथाह बखान हुनेगथ्र्यो । त्यस्तै एक पात्र हुन्, क्लियोपेट्रा ।

एक रहस्यमयी पात्र

क्लियोपेट्रा इतिहासमा एक यस्तो रहस्यमयी पात्रको रुपमा चिनिन्छिन् जसको रहस्यमाथि पर्दा हटाउने क्रम अझै पनि चलिरहेको छ र उनको रहस्यको बारेमा जान्न अझै पनि धेरैले अध्ययन गर्दै आइरहेका छन् ।

इतिहासकारहरुले वर्णन गरेअनुसार उनी जति सुन्दर र कामुक थिइन् त्यो भन्दा धेरै गुणा बढी चतुर, षडयन्त्रकारी र क्रुर थिइन् । उनको कैयौं पुरुषहरुसँग यौनसम्बन्ध थियो ।

उनी महाराजा र सैन्यअधिकारीहरुलाई आफ्नो सुन्दरताको मोहमा बाँधेर ठेगान लगाइदिन्थिन् । क्लियोपेट्रालाई त्यतिखेर दुनियाँको सबैभन्दा धनी र सुन्दर महिला मानिन्थ्यो ।

उनी रोमन साम्राज्यका तीन शक्तिशाली पुरुषहरुः जुलियस सिजर, मार्क एन्थोनी र अक्टेभियनको प्रतिद्वन्दी थिइन् । जुलियस सिजरले उनलाई मिश्रकी रानी बन्न सहयोग गरेका थिए ।

विश्वमा नाम चलेका अनेक कलाकारहरुले क्लियोपेट्राको रुपरंग र उनको मादकताको कल्पना गर्दै कैयौं प्रसिद्ध चित्रकला र मुर्ति बनाएका छन् । उनी विश्व साहित्यमा पनि धेरै लोकपि्रय भइन् । अनेक भाषाहरुका साहित्यकारले उनलाई आफ्नो लेखनमा नायिका बनाए ।

अंग्रेजी साहित्यका ३ महान नाटककार शेक्सपियर, ड्राइडन र जर्ज बनार्ड शाले आ-आफ्नो नाटकमा उनको व्यक्तित्वको कैयौं रहस्यलाई विस्तार गरे । त्यस्तै क्लियोपेट्राको जीवनीमा आधारित कैयौं फिल्महरु बनिसकेका छन् ।

भनिन्छ, क्लियोपेट्रालाई ५ भाषा बोल्न आउथ्यो र उनी एक कुटिल शासक थिइन् । यसै कारण उनी धेरै छिटो कसैसँग जोडिएर उसको सारा राज जान्ने गर्थिन् र पछि उसैलाई बर्बाद गरिदिन्थिन् ।

आफ्नो शासन र आफ्नो अस्तित्वलाई बचाउन क्लियोपेट्राले धेरै उपाय लगाउँथिन् । धेरै शक्तिशाली पुरुषहरुलाई उनले आफ्नो सुन्दरताको मोहमा पारेकी थिइन् । यसै कारण उनको सयौं पुरुष सँग सम्बन्ध थियो ।

फराओ वंशकी अन्तिम शासक

क्लियोपेट्राले इशापूर्व ५१ देखि इशापूर्व ३० सम्म मिश्र (हालको इजिप्ट)मा शासन गरेकी थिइन् । उनी मिश्रमा शासन गर्ने अन्तिम फराओ वंशकी शासक थिइन् ।

भनिन्छ जब क्लियोपेट्रा १७ वर्षकी थिइन् तब उनको पिताको मृत्यु भएको थियो । पिताको इच्छाअनुसार उनी तथा उनका भाई तोलेमी दियोनेसिसलाई संयुक्त रुपले राज्य प्राप्त भयो । उनी मिश्रको प्रथा अनुसार आफ्नै भाईकी पत्नी हुने वाला थिइन् । तर, राज्याधिकारको लागि भएको संर्घषको परिणामस्वरुप उनले आफ्नै देशबाट भागेर सिरिया भाग्न पर्यो ।

यसरी पाइन जुलियस सिजरको साथ

क्लियोपेट्राले साहस गुमाइनन् । त्यसै समयमा जुलियस सिजर आफ्नो दुश्मन पोम्पेको पिछा गर्दै मिश्र आए । सिजरले क्लियोपेट्रालाई देखेपछि उनको सुन्दरता र मादक आँखामा लठि्ठए । क्लियोपेट्राको जालमा फसेपछि क्लियोपेट्राको पक्षबाट युद्ध गरेर उनलाई मिश्रको रानी बनाउन सिजर तयार भए ।

जुलियस सिजरसँगको युद्धमा तोलेमी मारिए र क्लियोपेट्रा मिश्रको राजसिंहासनमा बसिन् । मिश्रको प्राचिन परम्पराअनुसार उनी आफ्नो अर्को सानो भाइको श्रीमती बनेर राज्य गर्न थालिन् तर केहि समयपछि नै उनले आफ्नो भाइलाई विष पिलाएर हत्या गराइन । त्यसपछि उनले अरसिनोइको पनि हत्या गर्न लगाइन् ।

जुलियस सिजरसँग क्लियोपेट्राको सम्बन्ध

क्लियोपेट्रा रोमन शासक जुलियस सिजरको रखैल थिइन् भनिन्छ । उनीबाट एक पुत्र पनि भयो तर, रोमनहरुले भने यो सम्बन्धको विरोध गरेका थिए ।

रोमन शासक जुलियस सिजरका सेनापति जनरल मार्क एन्थोनी पनि क्लियोपेट्राको सुन्दरतामा मोहित भए । क्लियोपेट्राले यो कुरा थाहा पाएपछि एन्थोनीलाई आफ्नो शिकार बनाइन् । दुवै पहिलेदेखि नै विवाहित भएपनि उनीहरु एकअर्काको प्रेममा थिए । यी दुवैले अलेक्जान्डि्रयामा शीत ऋतु एकैसाथ बिताएका थिए ।

एन्थोनीबाट उनीहरुको तीन बच्चा भयो । दस्तावेजहरुका अनुसार पछि यी दुईले विवाह गरेका थिए । एन्थोनीसँग मिलेर क्लियोपेट्राले संयुक्त रुपमा सिक्का पनि चलाएकी थिइन् ।

४४ ईशापूर्वमा जूलियस सिजरको हत्या पछि एन्थोनीले उनको उत्तराधिकारी गाएस अक्टेभियनको विरोध गरे त्यतिखेर उनको साथमा क्लियोपेट्रा समेत थिइन ।

दुवै मिलेर रोमन साम्राज्यसँग टक्कर लिने योजना बनाए तर दुवै अक्टेभियनको फौजसँग पराजित भए । क्लियोपेट्रा आफ्नो ६० जहाजको साथमा युद्धस्थलबाट अलेक्जान्ड्रिया आइन ।

एन्थोनी पनि उनको पछिपछि आए तर, पछि अक्टेभियनले उक्साएपछि क्लियोपेट्राले एन्थोनीलाई धोका दिइन् । अक्टेभियनले एन्थोनीलाई क्लियोपेट्राले आत्महत्या गरिन् भन्ने सूचना दिए त्यो एन्थोनीले सुन्न सकेनन् र उनले आत्महत्या गरे ।

क्लियोपेट्राको मृत्युको रहस्य

अक्टेभियनसँग नराम्ररी हारेपछि उनले फेरि अक्टेभियनलाई नै आफ्नो सुन्दरताको जालमा फसाएर आफ्नो ज्यान बचाउँदै फेरि सत्ता प्राप्त गर्ने योजनामा अगाडि बढेकी थिइन् ।

तर, जनविश्वास अनुसार अक्टेभियन क्लियोपेट्राको जालमा फसेनन् । अक्टेभियनले उनको हत्या गर्ने चाल पाएपछि क्लियोपेट्रा आँफैले एक विषालु सर्प मगाएर त्यसले टोकाएर आत्महत्या गरिन् । त्यतिखेर उनी मात्रै ३९ वर्षकी थिइन् ।

तर, कसैले भने उनले एन्थोनीलाई धोका नदिएको बताउँछन् । र, उनले एन्थोनीकै अगाडि आत्महत्या गरेको बताउँछन् । उनको मृत्युको बारेमा पनि इतिहासकारको मत बाझिएको छ ।

धेरैले उनले एक विषालु गोमन सर्पद्धारा आफ्नो वक्षस्थलमा टोकाएर आत्महत्या गरेको उल्लेख गरेका छन् । तर, केहिले भने उनको मृत्यु विषालु पदार्थको सेवनबाट भएको दाबी गरेका छन् ।

जर्मनीका एक शोधकर्ताले भने क्लियोपेट्राको मृत्यु सर्पदंशबाट नभई अत्याधिक मात्रामा मादक पदार्थको सेवन गर्नाले भएको दावी गरेका छन् ।

युनिभर्सिटी अफ ट्राइबरका इतिहासकार र फ्रेफेसर क्रिस्टोफ शेफरले आफ्नो एक शोधमा अफिम र हेम्लक विषको मिश्रणको सेवनले भएको उल्लेख गरेका छन् ।

सुन्दर रहन यस्तो गर्थिन् क्लियोपेट्रा

इतिहासमा क्लियोपेट्राको वर्णन धेरै नै सुन्दर र कामुक महिलाको रुपमा गरिन्छ । उनीजत्तिको सुन्दर शासक अहिलेसम्म नभएको पनि बताइन्छ ।

इतिहासकारहरुका अनुसार उनले सुन्दर रहनको लागि विभिन्न विशेष सामग्रीहरुको प्रयोग गर्थिन् र आफ्नो श्रृंगारमा धेरै समय खर्चिन्थिन् । उनी दैनिक गधाको दुधले नुहाँउथिन । उनले नुहाउनको लागि मात्रै दैनिक करिब ७०० गधाको दुध मगाउने गर्थिन् भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment