२२ असार, काठमाडौं । मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा रहेको खदम खोलामा बगेका एक बालकलाई नेपाल प्रहरीका दुई जवानले उद्दार गरेका छन् ।
बिहीबार साँझ स्थानीय अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाललाई खोलाले बगाउँदै गरेको वेला प्रहरी जवान विनय यादव र सुरेश थामीले उनको उद्दार गरेका हुन् ।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, केराबारीबाट खटिएका यादव र थामी खोलामा हाम फालेर बालकलाई उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
बालकको उद्दारपछि उनलाई अभिभावकको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4