Comments Add Comment

बन्द तातोपानी नाका खोल्न भोटेकोशी गाउँपालिकाको आग्रह

गाउँपालिकाको आ.व ०७५/७६ को बजेट सार्वजनिक


२३ असार, काठमाडौं । नेपाल–चीन सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको गाउँसभाले बन्द तातोपानी नाका सञ्चालनका लागि सम्बन्धित सबैमा आग्रह गरेको छ ।

भूकम्प, भोटेकोशी बाढी र गत वर्षको पहिरोले नाका जोड्ने लार्चाको पुलसमेत भत्काएपछि समस्यामा परेको गाउँपालिकाले तातोेपानी नाका सञ्चालन र प्राकृतिक विपतबाट क्षतिग्रस्त संरचना निर्माणका लागि आग्रह गरेको हो ।

गाउँपालिकाले केन्द्र, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने समेत गरी आगामी आर्थिक वर्षका लागि ३४ करोड, १३ लाख ५४ हजारको बजेट समेत सार्वजनिक गरेको छ । नीति कार्यक्रम तथा बजेटले सडक जडिबुटी र पर्यटनलाइ प्राथमिकतामा राखेको छ ।

तातोपानी धारा, भैरब कुण्ड , लिस्तिमाई, बञ्जिजम्पलगायतका पर्यटकीय स्थलका कारण पनि चर्चामा रहेको भोटेकोशी गाउँपालिकाले ती स्थानसम्म जाने सडकलाई व्यवस्थित गर्ने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष दाबुटीे शेर्पाले प्रस्तुत गरेको सवा ३४ करोडको बजेटमा पुँजीगत १३ करोड, चालूतर्फ ६ करोड, केन्दी्रय स–शर्त अनुदान ८ करोड ३० लाख, सामाजिक सुरक्षा भत्ता ३ करोड, विषयगत सामाजिक खर्च १ करोड ६५ लाख, कोष सञ्चालन ५० लाख र लागत साझेदारी २० लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटले महिला, बालबालीका तथा जेष्ठ नागरिकहरुका लागि आवश्यक सामाजिक सहयोगका क्षेत्रमा सहयोग गर्ने उपाध्यक्ष शेर्पाले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment