Comments Add Comment

पाँचथरमा जीप दुर्घटना, १ को मृत्यु, ९ जना घाइते


२६ असार, काठमाडौं । पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो ।  जीपमा चालकसहित १० जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ । घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन ।

अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment