शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Suzuki

कास्की पूर्ण खोपयुक्त जिल्लाः साढे ८ हजार शिशुले पाए खोप

Suzuki
अमृत सुवेदी

२७ असार, पोखरा । कास्की पूर्ण खोपयुक्त जिल्ला घोषित भएको छ । पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर भएसँगै कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला बनेको हो ।

कास्कीमा सर्वप्रथम २०७२ सालमा साविकको चापाकोट गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो भने साविकको पोखरा उपमहानगरपालिका पनि २०७२ सालमै पूर्ण खोपयुक्त बनेको थियो । साविकको लेखनाथ पोखरासँग जोडिएर महानगर बनेपछि फेरि पूर्णखोप सुनिश्चित भएको हो ।

पोखरा महानगरपालिकाका र कास्की जिल्लालाई बुधबार एकैचोटी पूर्ण खोपयुक्त क्षेत्र घोेषणा गरियो । कास्कीका ८ हजार ६ सय ९८ जना १५ महिनाभन्दा तलका शिशुले खोप पाइसकेका छन् ।

१५ महिनासम्मका शिशुले ११ प्रकारका रोग विरुद्ध खोप लगाइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए । अब १६ देखि २४ महिनासम्मका शिशुलाई निगरानीमा राखिएको उनले बताए ।

कास्कीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनताका स्वास्थ्य सुरक्षा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

स्वास्थ्य सुधारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताउँदै गुरुङले स्थानीय सरकारसँगको सहकार्यमै प्रदेश सफल हुने भनाइ राखे । प्रदेशका लागि खोप ऐन ल्याएर २ करोडको कोष छुट्याएको उनले बताए ।

आवश्यक परेको खण्डमा २० करोड रुपैयाँसम्म प्रदेश सरकारले छुट्याउन सक्ने उनको भनाइ थियो ।

‘ल्याएका छौं, आवश्यक परेमा २० करोड पनि ल्याउँछौं,’ उनले भने । प्रदेशका जनताको स्वास्थ्योवस्था सुधार गर्न जुनसुकै चुनौतीपनि सामना गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

प्रदेश ४ का स्याङ्जाबाहेक सबै जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् ।

स्याङ्जालाई पनि छिट्टै खोपयुक्त बनाएर प्रदेशलाई पूर्ण खोप सुनिश्चित गर्ने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

घोषणा हुनुमात्रै ठूलो कुरा नभइ त्यसको कार्यान्वय ठूलो कुरा भएको उनको भनाइ थियो । खोप बनाएकै कारण कुनै पनि शिशु, आमा र बालबालिकाको ज्यान जाने, अपांग हुने जस्ता घटना आउन नहुने कुरामा उनले जोड दिइन् ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कास्की खोपयुक्त भएसँगै यसलाई कायम राखिराख्न थप चुनौति थपिएको बताउँछन् ।

१५ महिनासम्मका शिशुको खोप सुनिश्चित भए पनि त्यो भन्दा माथिका बालबच्चाको पनि निगरानी राख्नु पर्ने उनको भनाइ थियो ।

गुणस्तरीय खोप सेवा नेपाली अझै पाउन नसकेको अधिकारीले बताए । घोषणासँगै यसको फलोअप र निगरानी निरन्तर राख्नुपर्ने उनको भनाइ थियो ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले स्वास्थ्य स्वयं सेविका लगायत सबैको सहयोगले पूर्ण खोपयुक्त भएको बताए ।

यसको बाँकी निगरानी राख्ने जिम्मेवारी पनि सबैको भएको उनको भनाइ थियो । उनले प्रदेश र केन्द्र सरकारले एकातिर दिइजस्तो गर्ने र अर्कोबाट खोस्ने काम गरेको गुनासोसमेत गरे ।

जिल्ला स्वास्थ्य सेवा विभाग अन्र्तगतको बाल स्वास्थ्य महाशाखा प्रमुख झलकराम गौतमले खोपयुक्त जिल्ला घोषणा गरेर अन्य जिम्मेवारीबाट पन्छिन नहुने बताए ।

खोप सेवा अन्र्तगत जन्मने बित्तिकैक्षयरोगविरूद्ध, ६ हप्तामा भ्यागुते रोग, लहरे खोकी, टिटाानस, हेमोफिलस निमोनिया, हेपाटाइटिस बी विरूद्ध, न्युमोकोकस निमोनियाँ विरूद्ध, ९ महिनामा दादुरा र रूबेल्ला विरूद्ध, १ वर्षमा जापानिज इन्सिफलाइटिस विरूद्ध खोप लगाउनुपर्ने नियम छ ।

२०७५ असार २७ गते १७:२७ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this