Comments Add Comment

रितेश देशमुख राजनीतिमा प्रवेश गर्दै, कांग्रेसबाट चुनाव लड्ने

फिल्ममा असफल हुँदै गएपछि बलिउड अभिनेता रितेश देशमुख राजनीतिमा हाम्फाल्ने भएका छन् । २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्ने उनको तयारी छ ।

आफ्ना बाबुको पदचिन्ह पछ्याउँदै रितेश राजनीतिमा पस्न लागेका हुन् । उनका बुवा विलासराव देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री थिए । केही समय अगाडि रितेशलाई राजनीतिमा लाग्ने सम्भावनाबारे प्रश्न गरिँदा उनले इन्कार गरेका थिए । तर, अहिले उनले विचार बदलेका छन् । यद्यपि, राजनीतिमा प्रवेश गर्ने बारे उनको औपचारिक प्रतिक्रिया भने आएको छैन ।

रितेश अहिले आफ्नो आगामी फिल्म ‘टोटल धमाल’ मा व्यस्त छन् । यो फिल्ममा उनी अनिल कपु, माधुरी दिक्षित र अजय देवगणसँग कमेडी गर्नेछन् । यसका अलावा उनी अक्षय कुमार र बबी देवलसँग ‘हाउसफुल ४’ मा पनि काम गर्दैर्छन् । यो पनि कमेडी फिल्म हो ।

रितश आफ्नो सेन्स अफ ह्यूमरका लागि पनि कहलिएका छन् । मराठी फिल्ममा लोकप्रिय रहेका उनको राजनीतिमा प्रवेशलाई धेरैले चासोका साथ हेर्नेछन् । मराठी मानिसहरुमा उनको निकै ठूलो फ्यान फलोइङ छ । राजनीतिमा लागेर बाबुको उचाईलाई छुन सक्छन् वा सक्दैनन् भन्ने चाहिँ भविष्यले नै बताउनेछ । साथै राजनीति र फिल्ममा सन्तुलन मिलाउनुपर्ने चुनौति पनि उनलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment