Comments Add Comment

‘चि मुसी ची’को प्रचारमा सुनिल र अलिसाको यस्तो डान्स


चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र ‘चि मुसी ची’को यूनिटले पूर्वको विर्तामोड र धरानमा भव्य कन्सर्टको आयोजना गरेको छ । कन्सर्टमा सयौ दर्शकको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री, अलिसा शर्मा र सुशान्त कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए। यस्तै, गायिका सुजाता पाण्डेले पनि दर्शकलाई नचाइन् ।

चलचित्रको कन्सर्ट हेर्न आएका दर्शकले चलचित्र प्रचारको स्टेजमा यति राम्रो कार्यक्रम पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिएका थिए । विर्तामोड र धरानपछि हरिवन, हेटौडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरमा पनि कन्सर्ट हुनेछ ।

यो चलचित्र साउन ११ गतेबाट रिलिज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता शिवराज कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment