Comments Add Comment

बच्चाहरु उमेर नपुग्दै परिपक्कः अभिभावकले राख्नैपर्ने ख्याल

वसुन्धराकी युना विष्ट उमेरले भर्खर पाँच वर्ष पुग्नै लागिन् । तर उनको कुरा सुन्ने हो भने उनी निकै परिपक्क लाग्छ । नेपालीमा एउटा उखान नै छ नि, खुकुरी भन्दा कर्द लाग्ने । अहिलेका बच्चाहरु त्यस्तै भएका छन् । आमाबुबाभन्दा एक पनि एक कदम अघि छन् उनीहरु ।

कुरा गरेर त उनीहरुलाई जित्न सकिदैन । सूचना प्रविधिमा पनि उनीहरुको पहुँच बलियो छ । विश्वकै गतिविधिलाई उनीहरु हत्केलाभरको स्मार्टफोनबाट नियालिरहेका हुन्छन् । यसरी अनेक किसिमको सुविधा र सहुलियतले उनीहरुमा बढी कौतुहलता पैदा गरिदिएको छ । त्यही कौतुहलताले उनीहरु धेरै जान्ने र बुझ्ने भएका छन् ।

अर्कोतिर अहिले हरेक नेपालीको घर घरमा हिन्दी टेलिशृंखलाको प्रभाव छ । यसले पनि बच्चाहरुको कलिलो दिमागमा अनेक कुरा घुसाइदिएको छ । सावधान इण्डिया, क्राइम पेट्रोल लगायत टेलिभिजनबाट प्रशारण हुने शृंखलाले बच्चाहरुमा नानाथरी जान्ने भएका छन् । यसको असर के छ भने, उनीहरु उमेरभन्दा अघि नै परिपक्क भइरहेका छन् ।

परिपक्कताकै कारण उनीहरु हरेक कुरा आफूले चाहे अनुसार गर्न चाहन्छन् । र, आˆनो कुरा पूरा गर्नका लागि कुनै पनि हद नाध्न समेत पछि पर्दैर्नन् । त्यतिमात्र हैन, उक्त कुरा गलत हो भनेर कसैले भनिदियो मात्र भने पनि उनीहरु त्यसलाई इखकै रुपमा लिन्छन् ।

र, यो कुरा बुझाउनका लागि आमाबाबुसित समय समेत नहुदाँ यसले बाल मस्तिष्कमा गहिरो असर पार्दछ ।

त्यसो भए के गर्ने त ?

बच्चाको लागि समय निकाल्ने

काजकाजी भएकै कारण आजकल धेरै अभिभावकहरुले आˆना बच्चाहरुलाई पर्याप्त समय दिन सक्दैनन् । यसको बालमस्तिष्कमा नकारात्मक असर पर्छ । उनीहरु आˆनो अभिभावकबाट क्रमश टाढिदै जान्छन् । परिणामस्वरुप, मातापिताको सामान्य गाली पनि उनीहरुको लागि विष बन्छ ।

त्यसैले, बालमस्तिष्कमा यस्तो असर नपरोस् भन्नका लागि पनि उनीहरुलाई बढी भन्दा बढी समय दिन आवश्यक छ । उनीहरुसित मनको कुरा गर्न, सही र गलत बीचको फरक बताउन जरुरी छ । यसले अभिभावक र बच्चाहरु बीचको खाडल कम हुनुका साथै अभिभावक र बच्चाबीच सुमधुर सम्बन्ध कायम हुन मद्दत गर्छ ।

सम्झाउने, बुझाउने

कयौ अभिभावक बच्चामैत्री हुँदैन । उनीहरुलाई आˆना छोराछोरीसित कसरी कुरा गर्ने भन्ने पनि थाहा हुँदैन । परिणामस्वरुप, ससाना कुरामा पनि उनीहरु आˆना बालबालिकालाई गाली गर्ने, पिट्ने गर्दछन् । त्यो पनि विना कारण ।

जबकी अहिलेका बालबालिकाहरुलाई गाली गर्ने तथा कुट्ने गर्नु भन्दा सम्झाउन सकेको खण्डमा उनीहरु छिटो कुरा बुझ्छन् । अहिलेका बच्चाहरु आफैमा म्याच्योर छन् । म्याचोर भएकै कारण उनीहरुलाई ससाना कुराले पनि छिर्टै असर गर्छ । त्यसैले, यस्ता कुराले उनीहरुलाई असर नगरोस् भन्नका लागि पनि उनीहरुको समस्या बुझ्ने, उनीहरुसित कुरा गर्ने, जाचमा नम्बर कम आउनुको पछाडी के कारण छ सोध्ने गर्नु पर्छ । यस्ता कुराले पनि बालमस्तिष्कमा सकारात्मक असर पार्दछ ।

अनावश्यक दवाव नदिने

कयौ मातापिता चाहन्छन्, उनीहरुको बच्चा परीक्षामा अब्बल होस् । उसको नम्बर राम्रो आओस् । तर यति भनिरहदाँ मातापिताले यति सम्म पनि सोच्दैनन् कि उसको बच्चामा त्यति राम्रो नम्बर ल्याउने खुबी छ कि छैन ? किनकी सबै बच्चा आ-आˆनै क्षमता हुन्छ । आ-आˆनै खुशी हुन्छ । कोही बच्चा घोकेकै भरमा पनि राम्रो नम्बर ल्याउँछन् भने कोही सुनेको तथा हेरेको भरमा । कोही खेलमा राम्रा हुन्छन् त कोही अन्तर वयक्तिक सम्बन्धमा राम्रो हुन्छन् ।

र, जो बच्चा खेलमा तथा अन्तर वयक्तिक सम्बन्ध कायम गर्नमा राम्रो हुन्छन्, उनीहरु पढाईमा त्यति राम्रो नहुन सक्छन् । जसबारे आजका मातापिताले बुझ्न एकदमै जरुरी छ । किनकी यही सब नबुझेकै कारण थुप्रै अभिभावकहरुले पढाईलाई लिएर आˆना बच्चाहरुलाई अनावश्यक दवाव दिने गर्छन् । जुन पूर्णतया गलत हो ।

कहिलेकाही अनावश्यक दवावका कारण बच्चाहरुले मातापितो सोचेको कुरा पूरा गर्न नसक्दा उनीहरुले आत्महत्या जस्तो कठोर निर्णय लिन समेत पछि पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment