Comments Add Comment

विश्वकप फाइनल : ला लिगा भर्सेस लिग वान !

२९ असार, काठमाडौं । विश्वकप फुटबलमा सहभागी खेलाडी विभिन्न देशमा लिग फुटबलमा आबद्ध छन् । क्लब फुटबल पछ्याउने फुटबल समर्थकले खेलाडीको क्लबका आधारमा पनि समर्थन गर्ने गर्दछन् ।

रसिया विश्वकपमा सहभागी हुने खेलाडीमा सबैभन्दा धेरै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट थिए । सिटीका १६ जना खेलाडी रहेको विश्वकप फाइनलसम्म भने एक खेलाडी मात्रै पुगेका छन् ।

विभिन्न क्लबले आफ्नो वेवसाइट र सामाजिक सञ्जालमा पनि क्लबका खेलाडीको खेल परेको दिन विशेष चर्चा गरिरहेका थिए । आफ्नो क्लबमा आबद्ध खेलाडीले राम्रो खेल प्रस्तुत गर्दा क्लबलाई लाग्ने खुसीसँगै त्यसले समर्थकलाई आकषिर्त गर्ने काम पनि गर्दछ ।

सेमिफाइनल खेलमा बेल्जियमविरुद्ध गोल गरेपछि फ्रान्सका डिफेन्डर स्यामुअल उमटीटीको बार्सिलोनाले निकै तारिफ गरेको थियो ।

क्रोएसियाले इंग्ल्याण्डलाई पराजित गरेपछि पनि बार्सिलोनाले ट्वीटमा लेखेको थियो, ‘बार्सिलोनाले यसपटक कम्तीमा एक जना विश्व विजेता पाउने छ ।’

फाइनल खेल्ने सबैभन्दा धेरै खेलाडी ला लिगाका छन् । जसमा स्पेनिस क्लब रियल मडि्रड, बार्सिलोना, एथ्लेटिको मड्रिड र सेभिल्लाका गरेर १० जना छन् । यसैगरी इटालियन क्लब युभेन्टसबाट तीन खेलाडी छन् । साथै फेन्च क्लब मोनाको, मार्सेली र पेरिस सेन्ट जर्मेनबाट पनि तीन/तीन खेलाडी छन् ।

लिगका आधारमा हेर्दा इंग्लिस पि्रमियर लिग खेल्ने १ सय २४ खेलाडी विश्वकपमा सहभागी भएका थिए । तर फाइनलसम्म पुग्दा ला लिगाले प्रिमियर लिगलाई जितेको छ ।

प्रिमियर लिग खेल्ने ६ खेलाडी फाइनलमा छन् भने ला लिगा खेल्ने १० खेलाडी फाइनलमा छन् ।

यसैगरी लिग वान खेल्ने १० खेलाडी, सिरी ए खेल्ने ९ खेलाडी, बुण्डेस लिगा खेल्ने ४ खेलाडी, रसियन लिग खेल्ने २ खेलाडी, क्रोएसियन लिग खेल्ने २ खेलाडी साथै अस्ट्रिया, युक्रेन र टर्कीमा लिग खेल्ने एक/एक खेलाडी छन् ।

एउटै क्लबबाट विश्वकपमा सहभागी खेलाडीको संख्यामा म्यान सिटीपछि स्पेनिस क्लब रियल मडि्रडको रहेको थियो । जसका १५ खेलाडी विश्वकपमा सहभागी भएकामा तीन खेलाडी फाइनलसम्म पुगेका छन् ।

कुन क्लबका छन् फाइनल खेल्ने खेलाडी ?

रियल मड्रिड – राफेल भराने -फ्रान्स), लुका मोडरिक, माटेओ कोवासिक (क्रोएसिया)

बार्सिलोना – स्यामुअल उमटीटी, उसमान डेम्बेले (फ्रान्स), इभान र्‍याकिटिङ (क्रोएसिया)

एथ्लेटिको मड्रिड – एन्टोनियो गि्रजम्यान, लुकास हर्नान्डेज (फ्रान्स), भरसाल्ज्को (क्रोएसिया)

मोनाको – दिवब्रिल सिदिबे, थोमस लेमर (फ्रान्स), ड्यानियल सुवासिक (क्रोएसिया)

मार्सेली – स्टीभ मन्डन्डा, अदिल रामी, लोरिन थोविन (फ्रान्स)

पेरिस सेन्ट जर्मेन – एल्फन्सो एरोला, प्रेसनल किमपेम्बे, केलियन एमबाप्पे (फ्रान्स)

युभेन्टस – ब्लेस माटुडी (फ्रान्स), मारियो म्यान्जुकिज, मार्को पिजाका (क्रोएसिया)

चेल्सी – एन्जेलो कान्टे, ओलिभर जिरउड (फ्रान्स)

इन्टर मिलान – मार्सेलो ब्रोजोभिक, इभान पेरेसिक -क्रोएसिया)

फिरोन्टेनिया – मिलान बडेल्ज, एन्टे रेबिक (फ्रान्स)

एसी मिलान – निकोलो कालिनिक, इभान स्टिनिक (क्रोएसिया)

टोटनहृयाम – हृयुगो लोरिस (फ्रान्स)

म्यानचेस्टर सिटी – बेन्जामिन मेन्डी (फ्रान्स)

स्टुटगार्ट – बेन्जामिन पभार्ड (फ्रान्स)

सेभिल्ला – स्टेभेन जोन्जी (फ्रान्स)

म्यानचेस्टर युनाइटेड – पोउल पोग्बा (फ्रान्स)

बायर्न म्युनिख – कोरेन्टिनो टोलिसो  (फ्रान्स)

लायोन – नबिल फेकिर (फ्रान्स)

जेन्ट – लोभ्रे कालिनिक (क्रोएसिया)

डाइनामो जागर्भ – डोमिनिक लिभाकोभिच (क्रोएसिया)

लोकोमोटिभ मस्को – भेड्रान क्रोलुका (क्रोएसिया)

बेसिक्टस – डोमागज भिडा (क्रोएसिया)

लिभरपुल – डेजान लोभरेन (क्रोएसिया)

डायनामो किभ – जोसिप पिभेरिक (क्रोएसिया)

बायर लिभरकुसन – टिन जेडभाज (क्रोएसिया)

रेड बुल साल्जबर्ग – डुजे क्यालेटा कार (क्रोएसिया)

रेजेका – फिलिप बार्डेरिक (क्रोएसिया)

होफेनहेम – एन्ड्रेज क्रामेरिक (क्रोएसिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment