Comments Add Comment

जब फूटबल मैदानमा उत्रिए पूजा र आँचल…


विश्वकपको रौनकले नेपालीलाई छाडेको छैन । आज बेलुकी हुने फाइनल खेलपछि बल्ल फुटबलको रौनक कम हुनेछ । फुटबलको रौनकले नेपाली चलचित्रका कलाकारहरुलाई पनि छोएको छ ।

शनिबार बेलुकी लतिलपुरको एन्फा फुटबल मैदानमा नेपाली चलचित्रका कलाकारहरु फुटबल खेल्न तम्सिए । बक्स अफिस ग्रुपले आयोजना गरेको ‘वल्र्ड कप इन नेपाल’मा ४ टिमले सहभागीता जनाएका थिए । भदौ २२ गते रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’, भदौ १५ गते रिलिज हुन लागेको चलचित्र ‘मेरी मामु’, भदौ १ गते रिलिज हुन लागेको चलचित्र ‘ब्ल्याक’ र चलचित्र ‘लभ डायरिज’को टिमले फुटबल खेलेको थियो ।

चलचित्र ‘रामकहानी’ टिमलाई ‘लभ डायरिज’ टिमले ४-० गोल अन्तरले हराउँदा ‘मेरी मामु’को टिमले पनि ‘ब्ल्याक’ टिमलाई ४-० ले नै हराएको थियो । फाइनल भिडन्तमा भने ‘लभ डायरिज’ टिमले ‘मेरी मामु’ टिमलाई ट्राइबेकरमा हराएको थियो ।

फुटबल खेल्न नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका आँचल शर्मा, नायक सुशिल श्रेष्ठ पनि उत्रिएका थिए । आँचल र पूजाले भने आफ्नो टिमलाई समर्थन गरेपनि फुटबल भने खेलेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment