Comments Add Comment

न्यूह्याम्पसायरमा २०५ औं भानु जयन्ति

अमेरिका / अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको आयोजनामा शनिबार भव्यताका साथ २०५ औं भानु जयन्ति मनाइएको छ ।

न्यूहृयाम्पसायरको हुक्सेट लाइब्रेरी, हुक्सेटमा आयोजित कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प गुच्छा अर्पण गरी शुभारम्भ भएको थियो ।

शिक्षाविद, साहित्य प्रेमी वयोवृद्ध लक्ष्मणप्रसाद उपाध्यायको प्रमुख आतित्थ्यतामा आयोजित उक्त कार्यक्रमा अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजाको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी एनआरएन आइसीसी अनररी सदस्य शिवकुमार राई र पूर्वच्याप्टर अध्यक्ष अग्निप्रसाद पराजुलीको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो ।

कार्यक्रमा कवयित्री दीपा राई पुन, ईश्वरी भट्ट, सुशील नेपाल, पेमा छेवाङ शेर्पा, अनु शाह, गोवर्धन पूजा, हरिमाया अधिकारीलगायतले आआफ्नो रचना वाचन गरेका थिए भने सुनिता गुरूङले संगीत र गायन प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी च्याप्टर पूर्व अध्यक्ष अग्नी पराजुलीले हार्माेनियम बजाएर रोचकता थपिदिएका थिए । कार्यक्रममा पत्रकार राजेश कोइरालाले नेपाली भाषा संरक्षण र यसको महत्व बारे प्रकाश पारेका थिए भने प्रमुख अतिथी लक्ष्मणप्रसाद उपाध्यायले आदिकवि भानुभक्तआचार्यकोबारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि अनेसास महासचिव गोवर्धन पूजाले सस्थालाई अनवरत सेवा र सहयोग गरेकोमा शिवकुमार राई, डा. रूद्र अर्याल, शारदा माया भट्टलगायतलाई सम्मानस्वरूप कदरपत्र प्रदान गर्दै नेपाली भाषा, साहित्य एवं नेपाली भाषाको एकीकरणकर्ता भानुभक्त आचार्यलाई विदेशमा रहेर पनि दिन दिनै सम्झिएको भन्दै सधै सम्झिरहने बताए ।

संस्थाको उपाध्यक्ष हरिमाया अधिकारिको सभापतित्वमा संचालित उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका च्याप्टर अध्यक्ष डम्बर कडरिया, नेपाली समाज न्यूहृयाम्पसायरका अध्यक्ष सोम गुरूङ, किराँत राई न्यूइग्ल्याण्डका अध्यक्ष मुक्तिनारायण राई, तमु समाजका अध्यक्ष शम्भुकुमार गुरूङ, जनजाति महासंङका अध्यक्ष सुन्री गुरूङ, समाजसेवी लोक लामा गोले, गायिका पविता परियार, फोटो ग्राफर विमल नेपाल र वेकी फिल्ड लगायत सामाजिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन गर्दै प्रधान सम्पादक ईश्वरी भट्टले उपस्थित पाहुना र हुक्सेट लाइब्रेरी हुक्सेटलाई धन्यबाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment