Comments Add Comment

विश्वकप फाइनलः भीएआर रिभ्यूले पेनाल्टी दिलायो, फ्रान्सको अग्रता

३१ असार, काठमाडौं । विश्वकप फुटबलको फाइनल भिडन्तमा फ्रान्स र क्रोएसिया भिडिरहेका छन् । जारी पहिलो हाफमा फ्रान्सले २-१ को अग्रता लिएको छ ।

भीएआर रिभ्यूमा पेनाल्टी पाएपछि गि्रजम्यानले गोल गरेका हुन् ।

मस्कोमा अग्रता पनि फ्रान्सले नै लिएको थियो । १९ औं मिनेटमा मारियो मान्जुकिजले आत्मघाती गोल गर्दा फ्रान्सले अग्रता लिएको थियो ।

तर, १० मिनेट बित्न नपाउँदै बराबरी गोल फर्काउन सफल भयो । उसका फेरिससले बराबरी गोल फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment