Comments Add Comment

दूध उत्पादन बढाउन गाईमा कृत्रिम गर्भाधान

फाइल फोटो

३२ असार, बुटवल । देवदह नगरपालिकाले दूध उत्पादन बढाउन र बाच्छी मात्र जन्माउन कृतिम गर्भाधान विधि प्रयोग गर्ने तयारी थालेको छ ।

व्यावसायिकरुपमा गाईपालन गर्ने किसानका उन्नत जातका एक हजार गाईमा कृत्रिम गर्भाधान प्रयोग गर्न नगरपालिकाले ३० लाख रुपैयाँ वजेट विनियोजन गरेको हो ।

देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट पशुको नश्ल सुधार गर्दै दुध उत्पादन बढाउन यस्तो योजना अगाडि बढाइएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए ।

त्यसका लागि टेन्डर आव्हान प्रक्रिया अगाडि बढाइसकिएको प्रमुख खत्रीको भनाइ छ । एउटा गाईलाई यो विधिबाट गर्भाधान गराउन न्युतम ३ हजार रुपैयाँ लागत लाग्ने र उक्त रकम किसानलाई नगरपालिकाले उपलब्ध गराउने जनाइएको छ ।

आर्थिक वर्ष ०७५–७६ का लागि ६२ करोड ८ लाख ५० हजार बराबरको बजेट विनियोजन गरेको नगरपालिकाले पशु सेवा कार्यक्रमतर्फ ८० लाख रुपैयाँ वजेट छुट्टाएको छ ।

किसानले लगानी अनुसारको आम्दानी गर्न नसकेकाले नश्ल सुधारसंगै घाँसमा आधारित पशुपालन र पशु वीमा कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नेपालले बताए ।

देवदह नगरपालिकाभित्र दुध विक्रिबाट किसानहरुले वार्षिक करिब ३० करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

यो कूल उत्पादनको ३० प्रतिशत मात्रै भएको अधिकृत नेपालले बताए । भविष्यमा देवदहमा वार्षिक १० हजार गाईमा सेक्स सिमोनमार्फत कृत्रिम गर्भाधान गराउने लक्ष्य राखिएको छ । नगरपालिकाले पशु विमालाई पनि प्राथमिकता दिएको छ ।

जसअनुसार ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । गत वर्ष नगरपालिका भित्र करिव ४ हजार पशुको विमा गरिएको थियो ।

दुधको पकेट क्षेत्र रहेको देवदहलाई दुग्धजन्य परिकार उत्पादन हुने नमूना बनाउन प्रदेश सरकारसंग नगरपालिकाले मिल्क प्लान्ट स्थापनाको माग समेत गरेको नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् ।

‘देवदहलाई मिल्क स्टेसन बनाउने नगरपालिकाको लक्ष्य छ’, गुरुङले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment