Comments Add Comment

रोमान्टिक दीपिका


नायिका दीपिका प्रसाई चलचित्र क्षेत्रमा आइहाल्ने मुडमा थिइनन् । तर, उनी अहिले चलचित्र क्षेत्रमा नै व्यस्त छिन् । चलचित्र ‘ऐश्वर्य’मा काम गरेपछि चर्चा पाएकी दीपिका अहिले ‘छक्का पन्जा ३’को काममा व्यस्त छिन् ।

दीपिका चलचित्र क्षेत्रमा आफू स्टार बन्न नआएको बताउँछिन् । उनै, दीपिका आफूलाई रोमान्टिक नायिका समेत भन्न भ्याउँछिन् । चलचित्रमा कलाकार दिपकराज गिरीको जोडीको रुपमा काम गरेकी दीपिकाले भनिन्-‘मेरो हिरो भएपछि रोमान्टिक हुनु परेन त ? दिपक दाई खुबै रोमान्टिक हुनुहुन्छ ।’

दीपिकालाई लिएकोमा दिपकराज गिरी र निर्देशक दीपाश्री निरौला पनि खुशी छिन् । छायांकनको अन्तिम चरणमा आइपुग्दा दीपिकाको कामले प्रभावित बनाएको र ‘छक्का पन्जा ३’ रिलिजपछि दीपिका व्यस्त हुने दाबी निर्देशक निरौलाले गरेकी छिन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment