+
+

गाउँपालिकाले काट्यो अछाममा १२ शिक्षकको तलव

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २ गते १४:२५

२ साउन, अछाम । मविद्यालयमा कम उपस्थित भएको भन्दै बान्नी-गढीजयगढ गाउँपालिकामा रहेका विभिन्न १२ जना शिक्षकहरुको तलब कट्टा गरिएको छ ।

उक्त गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत १२ जना शिक्षक र एक जना कर्मचारीको तलब एकसय ३३ दिन बराबरको तलब कट्टा गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुको अनुगमन तथा मूल्यांकनका क्रममा विदा स्वीकृत नगरी अनुपस्थिति भएकोले तलब कट्टा गरिएको हो ।

तलब कट्टा हुनेहरुमा सरस्वती माध्यामिक विद्यालयका, नन्दा माध्यामिक विद्यालय र कालिका आधारभूत विद्यालयमा कार्यरत रहेका शिक्षकहरुको तलब कट्टा गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

तलब कट्टाप्रति शिक्षकहरुले भने विरोध जनाउँदै तलब कट्टाको निर्णय फिर्ता माग गरेका छन् ।

निर्णय नसच्चाएमा आफुहरु आन्दोलनमा जाने समेत चेतावनी दिइएको छ । अनुपस्थित हुने शिक्षकको तलब कट्टासंगै आर्थिक बर्ष २०७४/०७५ मा विद्यालयमा सबैभन्दा बढी उपस्थित हुने एक जना शिक्षक र एकजना शिक्षिकालाई २५/२५ हजार सहित पुरस्कृत गरिने अध्यक्ष खड्काको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा ११ ज (१) अनुसारको अधिकार प्रयोग गरी विद्यालयमा नियम विपरित अनुपस्थिती भइ शिक्षण कार्यलाई प्रभावित गरेकोले सचेत गर्ने उद्धेश्यले तलब कट्टा गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

शिक्षकहरुको गैरजिम्मेवार क्रियाकलापका कारण विद्यालयहरुको नियमित पठनपाठन बाधा पुग्न गइ बालवालिकाहरुको शिक्षा पाउनबाट बञ्चित हुनुपर्ने भएकोले आफुले यस्तो कदम चाल्न बाध्य भएको अध्यक्ष खड्काको भनाई छ ।

अध्यक्ष खड्का अनुसार सामुदायिक विद्यालयको गुणस्तर बढाउन आगामी दिनमा सरकारी कर्मचारीले आफ्ना बालवालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने प्रावधानको प्रयासमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?