Comments Add Comment

अनौठो पर्व: बलेको आगोमा दौडिने, ज्वालामूखीमा अन्न फ्याँक्ने

यहाँ दिइएको तस्वीर इण्डोनेसियाको एक विशेष पर्वको हो । जसको नाम हो यादन्या कासदा । यो त्यहाँको विशेष पर्व हो ।

यो पर्वमा गरिने क्रियाकलाप झनै विशेष छन् । विशेष मात्र होइन, खतरनाक पनि छन् ।

यस पर्वका अवसरमा मानिसहरु फाटिरहेको ज्वालामूखीबाट बलेको आगोमा हाम फाल्छन्, दौडिन्छन् ।

यस पर्वका अवसरमा यहाँको पहाडलाई भगवान मानिन्छ । किनकी पहाडले मानिसहरुलाई खाद्यान्न उपलब्ध गराउँदछ ।

इण्डोनेसिायको पूर्वी जाभा प्रान्तस्थ्ति हिन्दु टेंगेरेस समुदायले यो पर्व मनाउँदछन् ।

मानिसहरुले बलिरहेको ज्वालामुखीको मुखमा अन्नपात तथा खानेकुरा चढाएर पुजा गर्दछन् ।

जुन महिनामा यो पर्व मनाइन्छ । पर्वको चौधौँ दिनमा उक्त समुदायका मानिसहरु ७६४१ फिट अग्लो सक्रिय ज्वालामुखी पहाड ब्रोमोमा चढ्दछन् अनि पुजाआजा सुरु गर्दछन् ।

यसो गर्नाले रोगब्याधी तथा प्राकृतिक विपत्तिबाट सुरक्षित भईने विश्वास उनीहरुको छ ।

ज्वालामुखीको मुखमा हाम फाल्ने र त्यहाँ चढाइएका सामान लिएर फर्किने प्रचलन रहेको यो पर्वको चलन निकै खतरनाक मानिन्छ ।

१५ औँ सताब्दीदेखियो पर्व मानिँदै आएको छ । यस क्रममा ज्वालामुखि पहाडमा मानिसहरु सांस्कृतिक भेषभुषामा नृत्य समेत गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment