४ साउन, काठमाडौं । प्रहरीले एक किलो नक्कली सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरले नक्कली सुन विक्री गर्न लागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमा सिन्धुपाल्चोकका राजलामा तामाङ, नुवाकोटका मलाङ्सिंह लामा र सोलुखुम्बुका टाँसी लाक्सा शेर्पा रहेका छन् ।
उनीहरूको साथबाट एक किलो सुनसहित एउटा बेरूवा अाैंठी र बिल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका शेर्पा यसअघि अाफ्नै फूपुको हत्या गरी जेल सजाय कटाएर अहिले चोरी कार्यमा संलग्न भएको र राजलामा पनि यसअघि नै ठगी मुद्दामा सजाय पाएका व्यक्ति भएको प्रहरीले बताएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4