Comments Add Comment

‘जय शम्भु’को गीतमा अनावश्यक खर्च, अडियो निकै कमजोर


नायक अनुप विक्रम शाही र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको चलचित्र ‘जय शम्भु’को ‘म त परेँ तिम्रै भर’ बोलको गीत सार्वजनिक भएको छ । टंक वुढाथोकीको संगीत, अमृता नेपालको शब्द, अन्जु पन्त र टंककै स्वर रहेको यो गीतको भिडियोलाई सेट लगाएर छायांकन गरिएको छ ।

भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको गीतका लागि तयार पारिएको सेटमै ११ लाख खर्च भएको बताइएको छ । रामजी लामिछानेले यो गीतको कोरियोग्राफी गरेका हुन् ।

गीतमै निर्माताले १५ लाख खर्च गरेतापनि त्यसको प्रतिफल आकर्षक छैन । कारण, यो गीतको अडियो सबैभन्दा कमजोर छ । गीतले चर्चा पाउन त्यती सहज छैन । अडियो कमजोर भएकाले पनि गीतको भिडियोले दर्शकको साथ पाउन सहज हुँदैन ।

गीत अनुसार भिडियोमा अनावश्यक सेटको आवश्यकता पनि देखिएको छैन । कोरियोग्राफरले सेटमा कलाकारलाई आकर्षक तरिकाले प्ले गराउन सकेका छैनन्, जुन स्तरको सेट बनेको छ ।

यसमाथि, सेट बाहिर पनि केही दृश्य खिचिएको छ । सेटको अनावश्यक खर्च भन्दा यसलाई बाहिरी प्राकृतिक सेटमै छायांकन गरिएको भए राम्रो हुने देखिन्छ ।

एक्सन-लभस्टोरी कथामा निर्माण भएको यो चलचित्रका प्रस्तुकर्ता दिनेश शाही हुन् भने निर्माता अरविन्द्रमान शाक्य हुन् । चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment