गीतसंगीतको मामालामा साउन ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो एन्ड मुना’ त्यती सफल मानिएको छैन । कारण, यसको ‘स्यान्डविच’ बोलको गीतले आलोचना बढी खेपेपनि अन्य गीतले त्यस्तो गतिलो छाप बसाउन सकेका छैनन् । रोमान्टिक लभ स्टोरी चलचित्रको बलियो आधार गीतलाई मानिन्छ ।
यसैविच, यो चलचित्रमा समावेश एक रोमान्टिक गीत रिलिज भएको छ । ‘तिम्रै लागि हो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।
हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा गौरव डगोकरको स्वर छ । विक्रम स्वाँरले यो गीतको कोरियोग्राफी गरेका हुन् । नरेश कुमार केसीको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4