Comments Add Comment

कांग्रेसको अवरोधपछि प्रदेशसभा ७ को बैठक स्थगित

४ साउन, कैलाली । प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि शुक्रबार बसेको प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो बैठक सुरु हुने वित्तिकै कांग्रेसका सासदले टेवुल ठोक्दै उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिमा जानकारी नदिई ससद अवरुद्ध गरेको भन्दै तिन पटक आ-आफनो स्थानमा बस्न प्रतिपक्षका सांसदलाई आग्रह गरेका थिए ।

पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षका सासदले नमानेपछि सभामुख थापाले अर्को बैठक साउन ७ गते दिउसो ३ बजे बस्ने भन्दै बैठक स्थगित भएको घोषणा गरेका थिए ।

बैठक स्थगितपछि काग्रेसका सांसद भरतबहादुर खड्काले संघीय सरकार र प्रदेश सरकार दुई तिहाईको दम्भका साथ चलेको आरोप लगाए । सरकारको कार्यशैलीमा सुधार नआएसम्म वैठक सञ्चालन गर्न नदिने खड्काले बताए ।

नेपाली कांग्रेसले डा.गोविन्द केसीलाई छापामार शैलीमा काठमाडौं ल्याएकोप्रति खेद प्रकट गर्नुका साथै प्रतिनिधि सभा र प्रदेश सभामा सभामुख र उपसभामुख छुट्टाछुटटै दलको हुनुपर्ने माग गरेको छ ।

भेला हुने, प्रदर्शन गर्ने र आफना अभिव्यक्ति राख्न पाउने अधिकार सरकारले हनन गरेको, नेपाल संस्कत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा. भोजराज अधिकारीप्रति गरेको व्यवहारप्रति कांग्रेसले निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment