Comments Add Comment

प्रधानमन्त्रीसँग कड्किए देउवा, कडा आन्दोलन गर्ने चेतावनी

५ साउन, काठमाडौं । तरुण दलको प्रदर्शनमा दमन भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आक्रोश पोखेका छन् ।

देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै समस्याको समाधान भएको भन्दै उनले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सुझाव दिए ।

‘सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुन अघि बढाए संसद र सडकमा प्रतिवाद गर्ने चेतावनी दिनुभयो’, मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन् ।

त्यसअघि बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उनले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहितका घाइते नेताहरुलाई भेटेका थिए । उनले शान्तिपूर्ण जुलुसमा लाठीचार्ज गरेर घाइते बनाएको भन्दै आइन्दा यस्तो नगर्न चेतावनी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी हस्तक्षेपको सशक्त रुपमा प्रतिवाद गर्ने बताए । सार्वजनिक महत्वका मुद्धामा सरकारलाई सचेत गराउन भेला तथा प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकार खोस्न खोजेको उनको आरोप छ ।

अधिनायकवाद उन्मुख सरकारी शैलीको एकीकृत र सशक्त ढंगले प्रतिवाद गर्ने प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment