+
+
Shares

बाबुराम ‘ज्ञानको दायरा फराकिलो पार्न’ युरोपतिर

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते ९:२९


६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई युरोप भ्रमणमा जाने भएका छन् । ज्ञानको दायरा फराकिलो पार्ने भन्दै भट्टराई त्यसतर्फ जान लागेका हुन् ।

भट्टराईको सचिवालयले उनी रुस हुँदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली लगायतमा पुग्ने जानकारी दिएको छ । भट्टराईले भ्रमणका क्रममा सम्भव भएसम्म प्रवुद्ध व्यक्ति, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट, अन्तरक्रिया तथा छलफल गर्नेछन् ।

भट्टराई गैरआवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुने कार्यक्रम छ ।

भ्रमणमा भट्टराईसँगै उनकी पत्नी तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि सहभागी हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?