+
+
Shares

ट्रकले किच्दा सुरक्षागार्डको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते १४:१८


६ साउन, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल कारखानामा भएको दुर्घटनामा एक जना सुरक्षा गार्डको मृत्यु भएको छ ।

सिमरामा रहेको कारखानामा कार्यरत सुरक्षा गार्ड सिमराकै ४५ वर्षका उदय खत्रीको मृत्यु भएको हो । कारखानामा कवाडी लिएर गएको ना ४ ख १९६६ नम्बरको ट्रक ब्याक गर्ने क्रममा खत्री च्यापिएका थिए ।

राति साढे १० बजेतिर ट्रकले च्यापेर गम्भीर घाइते भएका खत्रीको सिमराकै अल्पाइन अस्पतालमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

‘कबाडी समान बोकेको ट्रक ब्याक गर्ने क्रममा खत्रीलाई किचेको रहेछ’ उनले भने ‘गम्भीर घाइते अवस्थामा उपचारका लागि अल्पाइन अस्पतालमा पुर्‍याउँदा उनको मृत्यु भयो ।’

घटनापछि चालक फरार भएको भएपनि गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?