Comments Add Comment

दोहोरो अंकले घट्यो सेयर बजार, २१ करोडको कारोबार

६ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । १ हजार १ सय ९३ दशमलव ३९ अंकबाट शुरु भएको कारोबार ११ दशमलव ७३ अंकले घट्दा नेप्से परिसुचक १ हजार १ सय ८१ दशमलव ६६ मा आइपुगेको हो ।

आइतबार ३ हजार ८ सय २२ वटा कारोबारबाट ६ लाख ६१ हजार २ सय ४६ कित्ता सेयर किनबेच हुँदा २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँको कारोबार भएको छ ।

आइतबारको कारोबारमा अन्य सबै सम्पूर्ण उपसमूहहरु राताम्मे भए पनि फाइनान्स कम्पनीको उपसमूह भने हरियाली देखिएको छ । फाइनान्सतर्फ २ दशमलव ९९ अंकले बढ्दा यसको परिसुचक ६ सय १२ दशमलव ५८ अंकमा पुगेको हो ।
यि हुन् धेरै कारोबार भएका कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment