Comments Add Comment

‘भैरे’को उदेकलाग्दो ‘प्रेस शो’


काठमाण्डौका २ हल गोपिकृष्ण र अष्टनारायण हलमा शनिबार केही आशा लाग्दो व्यापार गरेको चलचित्र ‘भैरे’को व्यापार मल्टिप्लेक्समा निकै कमजोर छ । मल्टिप्लेक्सले त यो चलचित्रलाई पत्याएन भन्दा पनि हुन्छ । यसैले पनि यसको मेकर चलचित्रको व्यापारलाई लिएर खुशी हुने ठाउँ छैन । तर, आइतबार काठमाण्डौको क्यूज हलको सानो हल बुक गरेर यसको निर्माणपक्षले प्रेस शोको आयोजना गरेको थियो ।

प्रेस शोमा पत्रकारहरु पुग्ने त कुरा नै भयो । तर, यसका निर्देशक, निर्मातादेखि योसँग जोडिएका व्यक्तिहरुले आफ्ना आफन्त, इष्टमित्रलाई निम्तो दिए । ८० सिट क्षमताको हल बुक गरेर २ सय भन्दा बढी मानिसलाई निमन्त्रणा गरिएको थियो ।

बोलाइएका मानिसहरुलाई कहिले सिटबाट उठाउने, कहिले प्रेश शो भनेर बोलाइएका पत्रकारहरुलाई उठाउने र बसाउने क्रम जारी रह्यो । हलको क्षमता कति छ, कति मान्छे बोलाउनुपर्छ, प्रेस हो भनेको के हो भन्ने नै नवुझेका यसका निर्देशक–निर्माताको निधारबाट त्यतिबेला पसिना छुट्यो जतिबेला हलको क्षमता भन्दा ३ गुणा बढी मानिस भए ।

अधिकांश पत्रकारहरुहरु चलचित्रको प्रेस शोको बेहाल अवस्था देखेर फर्किए । प्रेस हो किन र कसका लागि आयोजना गरिन्छ भन्ने नेपाली मेकरहरुले वुझ्न नसक्दा यस्तो अवस्था देखिन्छ । चलचित्रको व्यापारको त बेहाल छ नै, प्रेस शोमा पनि अस्तव्यस्तता देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment