Comments Add Comment

गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकद्वारा आकस्मिक बाहेकका सेवा ठप्प

७ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका आवासीय चिकित्सकहरुले सोमबारदेखि आकस्मिक तथा आईसीयु बाहेकका सबै सेवा बहिष्कार गरेका छन् ।

साथै सोमबार नै उनीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डीन कार्यालय अगाडि प्रर्दशनी गरेका छन् ।

आमरण अनसन बसेको २४ दिन हुँदासमेत डा.केसीको माग पूरा गर्नतर्फ सरकार उदासीन रहेको र वार्ताको लागि सरकारी पक्षबाट पहल नभएको भन्दै उनीहरुले सेवा नै ठप्प पार्नु परेको बताएका छन् ।

आवासीय चिकित्सकहरुले अस्पतालको आन्तरिक तथा बहिङ्ग सेवा, ड्रेसिङ्ग, डिस्चाज, इलेक्टिभ ओ.टी, राउण्ड, रेडियोलोजिकल, प्याथोलोजिकल रेकर्डिङ्ग, इमर्जेन्सीबाहेकका अल्ट्रासाउण्ड लगायतमा सेवासमेत बहिष्कार गरेका छन् ।

समयमै डा. केसीको माग सम्बोधन नभएमा सशक्त ढङ्गले आन्दोलन अगाडि बढाउने समेत उनीहरुले चेतावनी दिएका छन् ।

माग पूरा नभए आकस्मिकसहितका सम्पूर्ण सेवाहरु बहिष्कार गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment