+
+
Shares

गोविन्द केसीका मागप्रति कांग्रेस र राप्रपा प्रजातान्त्रिकका नेताको एक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १४:४६

७ साउन, काठमाडौं । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति एक्यवद्धता जनाउन राप्रपा र कांग्रेसका नेता सोमबार त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादव, नेता केदार नर्सिङ्ग केसी, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा लगायतका नेता त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए । उनीहरुले सोमबार डा. गोविन्द केसीलाई भेटेर उनको मागप्रति एक्यवद्धता जनाएका हुन् ।

यस्तै डा. केसीको मागप्रति समर्थन जनाउँदै डा. केसी पक्षधरले सोमबार पनि काठमाडौंको वसन्तपुरस्थित शिव-पार्वती मन्दिर अगाडि नागरिक सत्याग्रहको जारी राखेका छन् ।

डा. केसीको मागप्रति समर्थन जनाउँदै नागरिक समाजले हिजो पनि नागरिक सत्याग्रहको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?