+
+

मोदीको जनकपुर भ्रमणको खर्चवापत प्रदेश सरकारलाई ३ करोड निकासा

युवास‌ंघलाई २५ लाख आर्थिक सहायता

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ८ गते १३:१९

८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ सरकारले ३ करोड १२ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ ।

गत वैशाखमा नेपाल भ्रमणमा आएका मोदीको जनकपुर भ्रमणमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मात्रै ३ करोड १२ लाख खर्च गरेको हो ।

मोदी भ्रमणका क्रममा संघीय सरकारको परराष्ट्र मन्त्रालयले १ करोड २८ लाख १० हजार रुपैयाँ खर्च गरेको छ । यो सबै रकम अर्थ मन्त्रालयले गत असार महिनामा निकासा गरेको छ । मोदी भ्रमणका क्रममा शान्ति सुरक्षाका लागि विभिन्न जिल्लाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयका लागि करिब १ करोड ९३ लाख खर्च भएको छ ।

सरकारले गत आर्थिक वर्षको अन्त्यमा नेकपा निकट युवा संघ नेपाललाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आर्थिक वर्षको अन्तिममा तत्कालीन एमाले निकट युवा संघ नेपाललाई २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएका हुन् । मन्त्रिपरिषदबाटै यो सहायता स्वीकृत भएको थियो ।

अर्थ मन्त्रालयमार्फत रकमान्तर गरेर पार्टी निकटको भातृ संगठनलाई आर्थिक सहायता दिइएको हो । युवा संघ नेपालको आयोजनामा हुने विश्व प्रजातान्त्रिक युवा संघको जनरल काउन्सिल मिटिङका लायि यो रकम उपलब्ध गराइएको हो ।
मन्त्रालयले आर्थिक वर्षको अन्तिममा आएर नै अखिल नेपाल कबड्डी संघलाई १५ लाख रुपैयाँ सहायता पनि प्रदान गरेको छ ।

अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको सिफारिसमा आर्थिक वर्षको अन्तिममा विभिन्न व्यक्ति तथा संस्थाका लागि आर्थिक सहायता निकासा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार झापाकी अमिस बस्नेत र डा. भम्पा राईलाई २०/२० लाख, टेकनाथ रिजाललाई १० लाख लगायत गरी ६९ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको छ ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका मोदनाथ प्रश्रतिसहितका ४ जना प्राज्ञलाई आजीवन भत्ता उपलब्ध गराउन ४५ लाख २५ हजार रुपैयाँ रकम उपलब्ध गराइएको छ ।

आर्थिक वर्षको अन्तिममा मन्त्रीहरुको भ्रमण खर्च व्यवस्थापनका लागि २५ लाख रुपैयाँ थप निकासा पनि गरिएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण्मा गएको प्रतिनिधि मण्डलले गरेको १ करोड ५१ लाख रुपैयाँको खर्च पनि अर्थले निकासा गरेको छ ।

असारमा कसले कति रकम पाए हेर्नुस् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?