Comments Add Comment

आमालाई भियाग्रा खुवाउँदा बच्चाको मृत्यु !

काठमाडौं । नेदरल्याण्ड्सका गर्भवती महिलाहरुमा भियाग्राको चिकित्सकीय परीक्षण गर्नेक्रममा ११ नवजात शिशुको मृत्यु भएको छ ।

अनुसन्धानमा भाग लिइरहेका महिलाहरुलाई यौनवर्द्धक औषधि भियाग्रा दिइएको थियो । अनुसन्धान यस्ता महिलाहरुमा गरिएको थियो, जसको गर्भमा रहेका शिशुको गर्भनाल कमजोर थियो ।

परीक्षणको क्रममा गर्भमा रहेका बच्चाहरुको मृत्यु भएपछि शरीरमा रक्त प्रवाह बढाउने यो औषधिले बच्चाको फोक्सोलाई गम्भीर असर गरेको शंका गरिएको छ ।
विशेषज्ञका अनुसार वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत छानबिन आवश्यक देखिएको छ ।

यसभन्दा पहिले बेलायत, अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि गरिएको यस खालको परीक्षणमा कुनै पनि किसिमको मानवीय क्षति भएको थिएन तर, ती परिक्षणबाट कुनै पनि प्रकारको फाइदा भएको तथ्य पनि बाहिर आएको थिएन् ।

धेरै बच्चाहरुमा छ समस्या

कमजोर गर्भनालको कारणले नजन्मिँदै बच्चाहरुको विकास रोकिनु एक गम्भीर समस्या हो, जसको अहिलेसम्म कुनै उपचार विकास गर्न सकिएको छैन ।

यसको कारणले बच्चाहरुले समयभन्दा पहिले नै जन्म लिन्छन् । कमजोर भएको कारणले बच्चाको बँच्ने सम्भावना पनि कम हुन्छ । यस्तोमा शिशुहरुको तौल बढाउन सक्ने वा उनीहरुको जन्मको समयलाई पछाडि धकेल्न सक्ने औषधि उनीहरुको लागि धेरै उपयोगी हुन सक्छ ।

यसरी गरिएको थियो अनुसन्धान

अनुसन्धानको क्रममा ९३ जना महिलाहरुलाई भियाग्रा दिइएको थियो भने ९० महिलाहरुलाई एक डमी औषधि दिइएको थियो ।

जन्मपछि २० बच्चामा फोक्सोसँग जोडिएको रोग देखियो । यसमा तीन बच्चाहरु थिए, जसको आमालाई डमी औषधि दिइएको थियो भने बाँकी सबै दोस्रो समूहको अर्थात भियाग्रा दिइएका महिलाहरुको बच्चा थिए । आमालाई भियाग्रा दिइएका ११ बच्चाको मृत्यु भयो ।

बेलायतमा यसअघि भएको यस्तै अनुसन्धानमा भाग लिएका युनिभर्सिटी अफ लिभरपुलको प्रोफेसर जार्को अल्पिmरेविच भन्छन्, ‘नेदरल्याण्डमा भएको शोधको यो नतिजा अप्रत्याशित छ ।’

उनी भन्छन, ‘बेलायत, न्युजिल्याण्ड र अष्ट्रेलियामा भएका यस्ता शोधमा यसखाले जटिलताहरु अगाडि आएको थिएन । त्यसैले यसको विस्तृत छानबीन गर्नुपर्ने आवश्यकता छ ।’

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment