Comments Add Comment

पाकिस्तानी चुनावको प्रारम्भिक रुझानः पूर्वक्रिकेटरको पार्टीलाई अग्रता


१० साउन, काठमाडौं । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतगणना मतगणना शुरु भएको छ । प्रारम्भिक रुझानमा पूर्वक्रिकेटर इमरान खानले नेतृत्व गरेको पीटीआईले अग्रता लिएको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएअनुसार ४७ प्रतिशत मतगणना हुँदा खान नेतृत्वको पाकिस्तान तेहरिक–ए–इन्साफले ११३ स्थानमा अग्रता बनाएको छ ।

पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एन कमजोर देखिएको छ । प्रारम्भिक परिणाममा ६४ सिटमा मात्रै उसका उम्मेदवार अगाडि छन् ।

डन न्यूजका अनुसार पीपीएले ४३, एमक्यूएमले ५ र एमएमएले ९ स्थानमा अग्रता लिएको छ ।

औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेको बीबीसीले लखेको छ ।

पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एनले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । चुनावमो धाँधली भएको उसको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment