Comments Add Comment

डा. केसीको उपचारको जिम्मा प्रधानमन्त्रीका निजी चिकित्सकलाई

१० साउन, काठमाडौं । २७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ ।

सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको छ ।

शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहेकी छन् ।

स्वास्थ्य उपचार टोलीमा सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप-प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।

डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले बिहीबार नै  निर्देशन गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment