+
+

रिलायन्स लाइफ इन्स्योरेन्सको पहिलो साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १८:५६


१० साउन, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स ले आफ्नो पहिलो बाषिर्क साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट नवनिर्वाचित संचालक समितिले अध्यक्षमा तारा चन्द केडियालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

अन्य संचालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दर कडेल छन् । साधारणसभामा सभाका अध्यक्ष तारा चन्द केडियाले आव २०७३/७४ को बाषिर्क प्रतिवेदन पेश गरेका थिए ।

सो बैठकले सञ्चालक समितिको आव २०७३/७४ को वाषिर्क प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०६४/६५ देखि आव २०७३/७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

यस्तै आव२०६४/६५ देखि आव२०७३/७४ सम्मको लागि सञ्चालक समितिबाट नियुक्त विभिन्न लेखापरीक्षकहरुको नियुक्ति एवं पारिश्रमिक, कम्पनीको आव २०७४/०७५ को लागि लेखापरीक्षक नियुक्ति र परिश्रमिक, संचालकहरुको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, सर्वसाधरणका लागिरु ६३ करोड बराबरकोसाधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

नवनियुक्त अध्यक्ष तारा चन्द केडियाले बिहीबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनीयताको सपथ लिई आफ्नो पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?