Comments Add Comment

दुबर्इमा दीप श्रेष्ठको एकल प्रस्तुति हुने

२७ जुलाई, दुबई । नेपाली सुगम संगीतका सदाबहार गायक दीप श्रेष्ठ एकल प्रस्तुतिका लागि यूएई आउने भएका छन् ।

सन् १९६० बाट नेपाली संगीतको क्षेत्रमा उदाएका श्रेष्ठले ‘म त दुरदेखि आए…, हर रात सपनिमा…हुँ यात्री एउटा …कति कमजोर रहेछ  भाग्य मेरो…जस्ता दर्जनौं अजर, अमर गीतहरु गाएका छन् ।

आधुनिक नेपाली सांगीतिक क्षेत्रमा सुमधुर र कालजयी गीतहरु गाएर एउटा पृथक पहिचान बनाएका श्रेष्ठले आफ्ना सर्वाधिक रुचाइएका गीतहरु दुबईका नेपालीहरुमाझ प्रस्तुत गर्ने आयोजक हामी नेपाली एशोसिएसन यूएईका ब्यवस्थापक संजय पाण्डेले बताएका छन् ।

यूएईको सरकारी निकायमा सामाजिक संस्थाको रुपमा दर्ता भएको हामी नेपाली एशोसिएसनले यूएईका नेपाली संगीतका पारखीहरुको मागलाई ध्यानमा राख्दै  ‘दीप श्रेष्ठ लाइभ इन दुबई’ शीर्षकमा आगामी अगस्ट ३ तारिख शनिबार बर दुबईको क्लब एभरेस्ट एन्ड बारमा उक्त कार्यक्रम गर्न लागेको हो ।

शनिबार साझ ४ बजे सुरु हुने कार्यक्रममा सहभागी सबैलाई वेलकम ड्रिंक निःशुल्क उपलब्ध हुने इभेन्ट कोर्डिनेटर एलिन गदालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment