Comments Add Comment

चिकित्सकलाई स्वास्थ्यमन्त्रीको निर्देशनः खटाएको ठाउँमा जानू


१२ साउन, काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई निर्देशन दिएका छन् । काठमाडौं बाहिरका अस्पतालहरुमा चिकित्सकहरु नजाने गरेको भन्दै उनले खटाएको ठाउँमा जान सचेत गराए ।

वीर अस्पतालको १२९ औं वाषिर्कोत्सवको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा मन्त्री यादवले वीरका चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न निर्देशन दिए ।

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आएको भन्दै उनले ‘ड्यूटी आवर’मा अस्पतालकै सेवामा रहन भनेका हुन् ।

मन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले वीर अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएकी छन् ।

मुलुककै जेठो अस्पताल वीरमा छाती, बाथ रोग तथा हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ । अस्पतालले ६ सय बेडको अत्याधुनिक भवन निर्माणलाई पनि तीव्रता दिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए ।

(भूलबास यादबको फोटो हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ  । सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment