Comments Add Comment

बुढ्यौलीमा पनि देखिनु पर्‍यो नि आकर्षक ?


जापानमा एक अनौठो परम्परा छ । त्यहाँका मानिसहरु जब टुटफुट भएको माटोको भाँडोको मर्मत गर्छन्, तब त्यसमा थोरै सुन मिसाइदिन्छन् । किन होला ?

उनीहरुको मान्यता छ कि, पुरानो सामाग्रीको आफ्नै ऐतिहासिक महतव हुन्छ । चाहे त्यो टुटेफुटेकै किन नहोस्, त्यसमा एक अलग्गै आकर्षण हुन्छ । शिल्प हुन्छ । जापानको यस कला ‘किंतसुगी’बाट हामीले धेरै कुरा सिक्न सक्छौं ।

अब यो कुरालाई हामी ठ्याक्कै त्यही लगेर जोड्न सक्छौं, जहाँ बुढ्यौलीको कारण सौन्दर्य खुइलिदै गएको हुन्छ ।

सजिलो भाषामा भनौं, जब हामी बुढो हुन्छौं । उमेरले ४०, ४५, ५० वा ६० बर्ष पार गर्छ, तब सौन्दर्यप्रति उति ख्याल गर्दैनौं । निश्चय पनि यो परिपक्क उमेर हो । यसबेला हामीलाई त्यती तामझाम राम्रो लाग्दैन, सुहाउँदैन पनि । किशोरपुस्ताले गर्ने फेसन, शृंगार वयस्क उमेरमा गर्दा राम्रो देखिदैन ।

बुढ्यौलीको आफ्नै सौन्दर्य

तर, वयस्क एवं प्रौढ उमेरको पनि आफ्नै सौन्दर्य हुन्छ । यस्तो अवस्थामा पनि हामीले आफुलाई आकर्षक एवं राम्रो देखाउने कुरामा भने अल्छी गर्नु राम्रो होइन । बुढ्यौलको पनि विशेष सौन्दर्य हुन्छ ।

भलै हाम्रो छाला चाहुरिदै गएको होलान्, कपाल फुल्न थालेका होलान्, आँखाको चमक हराउँदै गएको होलान्, छालाको नरमपन रुखो हुँदै गएको होलान् । त्यसो भन्दैमा आफ्नो सौन्दर्यमा पटक्के ख्याल नगर्ने त ? मेकअप गर्ने, राम्रो लाउने, छरितो देखिने रहरलाई तिलाञ्जली दिने त ?

फेसन कन्सस

पक्कै यो राम्रो होइन । वयस्क, प्रौड एव बुढ्यौली उमेरमा पनि हामी फेसन कन्सस हुन जरुरी छ । आफुलाई सुहाउँदो पहिरन लगाउनुपर्छ । यस्तो पहिरन, जसले हेर्दा छरितो र आकर्षक देखियोस् । अझ महत्वपूर्ण कुरा त के भने, हामीले आफु बुढो भएको ठान्नु नै ठिक हुन्न ।

मनमा युवापन

उमेर जतिसुकै गुजि्रएर गएपनि मनमा युवापन बाँकी राख्नुपर्छ । आफुलाई जवान महसुष गर्नुपर्छ । केही समयअघि भएको एक अध्ययनको निचोड के थियो भने, असली उमेर भन्दा महसुष गर्ने उमेरको प्रभाव हाम्रो शरीरमा पर्छ । अर्थात हामी आफुलाई पाको ठान्छौ भने, जरुर हामीमा बुढ्यौलीको संकेत देखापर्न थाल्छ । तर, उमेर ढल्कदै गएपनि आफुलाई जवान ठान्ने गर्छौं भने, हामी उर्जावान्, जोशिला देखिन्छौं ।

यसका लागि हामीसँग आफैप्रति राख्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।

प्रौढ समस्या होइन

सौन्दर्य विज्ञहरु भन्ने गर्छन्, ‘हामीले कहिल्यै यस्तो नसोचौं कि उमेर बढ्नु वा प्रौढ हुनु एक समस्या हो । यो त जीवनको अर्को चरणको सुरुवात हो । दोस्रो पटक तनमनलाई सजाउने उमेर हो ।’

खासगरी ४०-५० बर्षको उमेरसम्म हामीले आफ्ना जीवनको धेरैजसो लक्ष्य पुरा गरिसकेका हुन्छौं । बच्चा हुर्किसकेका हुन्छन् । कामधन्दा एक हिसाबले व्यवस्थित भएको हुन्छ । पारिवारिक जीवनमा लय मिलिसकेको हुन्छ ।  तर अब हामीले केही नगरे हुन्छ, जस्तो भएपनि हुन्छ भनेर लय छाड्नु भने ठिक हुँदैन, खासगरी आफ्नै व्यक्तित्वको सवालमा ।

आफैंलाई सम्हाल्न सिकौं

यो उमेरमा पुगेपछि हामीले आफैलाई सम्हाल्न सिक्नुपर्छ । सक्रियता जारी राख्नुपर्छ । नयाँ नयाँ कुरामा खुसी खोज्नुपर्छ । सधै सफा, सुकिलो र खुसी तुल्याउनुपर्छ । मनलाई जति खुसी राख्न सकिन्छ, हाम्रो सौन्दर्य पनि उत्तिनै खुल्छ । मन प्रफुल्ल भए नै अनुहारमा चमक देखिने हो । यसका लागि योग, ध्यान, प्राणायम जस्ता विधी निकै उपयोगी हुन्छ । उमेर ढल्कदै जाँदा हामीले स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । खानपानदेखि अन्य आनीबानीमा पनि सन्तुलन राख्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment