Comments Add Comment

यूवापुस्ता लक्षित ‘कायरा’: आर्यन, धेरै कुरा सिकेँः साम्राज्ञी

नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले चलचित्र ‘कायरा’को प्रमोशनका लागि मोफसल दौडमा छन् । साउन १८ गतेबाट रिलिज हुने यो चलचित्र आर्यन र साम्राज्ञीका लागि नै विशेष छ ।

पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक लक्ष्मण रिजालले यो चलचित्रलाई प्रेमकथामा आधारित रहेको बताए । उनले भने-‘पोखरा आफैमा पनि प्रेमिलो शहर हो । पोखराका दर्शकहरुले कायरालाई माया गर्नुहुनेछ भन्नेमा आशावादी छु ।’ चलचित्रका प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले यो चलचित्र माया, प्रेम, रोदनको समिश्रण भएको बताए । उनले पत्रकार सम्मेलनमा भने-‘चलचित्रले सन्देश भन्दा पनि मनोरञ्जन दिन्छ । चलचित्रको संवादलाई यूवाहरुले रुचाएका छन् । यो चलचित्र पनि यूवापुस्ता लक्षित छ ।’

चलचित्र प्रमोशनका लागि पोखरा पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ नायकहरुसँग काम गर्नु र अनुभवी नायकहरुसँग काम गर्नुमा आकाश जमिनको फरक रहेको बताइन. । उनले भनिन्-‘नयाँसँग काम गर्दा आफैले सिकाउनुपथ्र्यो । आर्यन दाइसँग काम गर्दा मैले सिक्ने मौका पाए ।’

आर्यन करिब २ बर्षपछि चलचित्रको पर्दामा देखिदैछन् । यसैले पनि यो चलचित्र उनका लागि विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment