Comments Add Comment

एक वर्षमा ४ खर्ब ३० अर्बको निक्षेप सुरक्षण

२ करोड खाताको निक्षेप सुरक्षण

१४ साउन, काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आर्थिक वर्ष ०७४/७५ मा ४ खर्ब ३० अर्ब ७३ करोड ९२ लाख रुपैयाँको निक्षेप सुरक्षण गरेको छ ।

यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १०७.६८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७३/७४ मा कोषले ३ खर्ब ८१ अर्ब ८९ करोड १ लाख रुपैयाँको निक्षेप सुरक्षण गरेको कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबावु मिश्रले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार कोषले सबैभन्दा धेरै वाणिज्य बैंकहरुको निक्षेप सुरक्षण गरेको छ ।

यस अवधिमा वाणिज्य बैंकमा रहेका ३ खर्ब ५८ अर्ब ३८ करोड ६९ लाख रुपैयाँको र विकास बैंकको ६३ अर्ब २१ करोड ९४ लाख रुपैयाँ निक्षेप सुरक्षण गरेको छ ।

यसैगरी ‘ग’ वर्गका फाइनान्स कम्पनीका ८ अर्ब ३३ करोड २६ लाख रुपैयाँ र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका ८० करोड ३ लाख रुपैयाँ निक्षेपको सुरक्षण भएको छ ।

करिब २ करोड खाताको निक्षेप सुरक्षण

आर्थिक वर्ष ०७४/७५ मा १ करोड ९३ लाख ६९ हजार १०१ बचत, चल्ती, कल तथा मुद्दति निक्षेप खाताको सुरक्षण गरिएको सीईओ मिश्रले बताए ।

यस अवधिमा वाणिज्य बैंकका १ करोड ५९ लाख १ सय ६३ जना निक्षेपकर्ता र विकास बैंकका २९ लाख ८३ हजार चार सय निक्षेपकर्ताको निक्षेप सुरक्षण भएको छ ।

यसैगरी फाइनान्स कम्पनीका ४ लाख ४१ हजार ८ सय ९६ जना र लघुवित्त वित्तीय संस्थाहरुका ४३ हजार ६ सय जना निक्षेपकर्ताको निक्षेप सुरक्षण भएको छ ।

अघिल्लो वर्ष क, ख, ग र घ वर्गका १५३ वटा संस्थाहरुका १ करोड ५३ लाख २१ हजार पाँच सय खाताको कोषले निक्षेप सुरक्षण गरेको थियो ।

हाल २८ वटा वाणिज्य बैंक, ५३ वटा विकास बैंक, ३२ वटा फाइनान्स कम्पनी र २ वटा लघुवित्त गरी १ सय ५३ वटा संस्थाहरुलको कोषले निक्षेप सुरक्षण गर्दै आएको छ ।

सुरक्षण शुल्कमा गिरावट

कोषले गत आर्थिक वर्षमा ८१ करोड २८ लाख ५६ हजार ४ सय ५७ रुपैयाँ ४६ पैसा निक्षेप सुरक्षण शुल्क आर्जन गरेको छ । निक्षेप सुरक्षण शुल्क भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो ।

अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब ७ करोड ८६ लाख ८६ हजार ३३ रुपैयाँ ९ पैसा सुरक्षण शुल्क कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २५ करोड रुपैयाँ भन्दा बढीले सुरक्षण शुल्कमा गिरावट देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा १८ महिनाको शुल्क लिएका कारण धेरै देखिएको र गत आर्थिक वर्षमा १२ महिनाको मात्रै लिएकाले घटेको जस्तो देखिएको सीईओ मिश्रले बताए ।

‘अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७४/७५ मा घटेको देखिन्छ, तय यो घटेको होइन,’ सीईओ मिश्रले भने, ‘अघिल्लो आर्थिक वर्षमा सुरक्षण शुल्क १८ महिनाको जोडिएकाले धेरै देखिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment