Comments Add Comment

संसदीय समितिको निर्णयको प्रतिक्षामा छुः जोशी

१४ साउन, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफू संसदीय समितिको निर्णयको प्रतिक्षामा रहेको बताएका छन् ।

उनले आफूले राजीनामा दिने भन्दै आएका समाचाहरुको खण्डन समेत गरेका छन् । प्रधानन्यायाधीशको निजी सचिवालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय सुनुवाइमा परेका उजुरी र सुनुवाईका क्रममा सोधिएको प्रश्नको कामु प्रधान्यायाधीश जोशीले जवाफ दिइसकेपछि हामी निर्णयको प्रतिक्षामा छौं ।’

शैक्षिक योग्यताका प्रमाणपत्रहरु समेत समितिमा पेश भएको भन्दै भ्रममा नपर्न आग्रह गरिएको छ ।

सुनुवाईमा नउठेका प्रश्नलाई आधार बनाएर उठाउनु अस्वभाविक भएको भन्दै उनले संसदीय समितिलाई नै प्रभावमा पार्न खोजिएको त होइन भन्ने शंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment