+
+
Shares

काठमाडौंमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (९ तस्वीर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७५ साउन १५ गते १६:५७

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ ।

सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो । काठमाडौं उपत्यकामा रत्नपार्कको शान्ति बाटिकामा विरोध र्‍याली र सभा आयोजना गरेको छ ।

कांग्रेसको जुलुस भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत भएको हो ।

हेर्नुस् कांग्रेसको विरोध प्रदर्शनको तस्वीर

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?