Comments Add Comment

हलिउड फिल्म पाएपछि प्रियंकाले सलमानलाई पिठ्यू देखाइन्

सलमान खानको फिल्मबाट हात झिके लगत्तै प्रियंका चोपडाले हलिउड फिल्म साइन गरेकी छन् । हलिउडका चर्चित अभिनेता क्रिस प्रेटको फिल्म ‘काउव्वाई निन्जा भाइकिङ’ उनले साइन गरेकी हुन् ।

यसअघि आफ्ना प्रेमी निक जोनससँग बिहेको तयारीमा रहेकाले सलमानको फिल्म ‘भारत’ उनले छोडेको चर्चा चलेको थियो । तर, यो चर्चा झूटो सावित भएको छ । प्रियंकाले सलमानलाई पिठ्यू देखाउनुको मूख्य कारण हलिउड फिल्म हात पार्नु नै हो ।

यो फिल्ममा उनले क्रिस प्रेटसँग रोमान्स गर्नेछिन् । एकपछि अर्को हलिउड फिल्म हात पार्न सफल भएकी प्रियंका अब कहिले बलिउड फिल्ममा फर्किन्छिन्, यसै भन्न सकिँदैन । यद्यपि उनले फरहान अख्तरको फिल्म ‘द स्काई इज पिंक’ मा अभिनय गर्ने चर्चा चलिरहेको छ ।

आफ्नो फिल्म छोडेपछि सलमान भने प्रियंकासँग क्रुद्ध छन् । उनले अब आइन्दा प्रियंकासँग कहिल्यै काम नगर्ने आफ्ना निकटवर्तिहरुसँग बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment