Comments Add Comment

मांसाहारीका लागि उपयोगी कुरा, कसरी रोगमुक्त रहने ?

अहिले साउन महिना छ । हाम्रो सामाजिक परम्परा अनुसार साउनमा माछामासु खाने गरिंदैन । ससर्ती सुन्दा लाग्छ, यी धार्मिक कुरा हुन् । वा हामीले यसलाई आडम्बर पनि मान्ने गरेका छौं ।

साउन महिनामा ब्रत एवं उपवास बसिन्छ । कम्तीमा एक महिनाभर भान्सामा माछामासु पकाइदैन । बाहिर पनि माछामासु खाने गरिंदैन । यस महिनामा सात्विक भोजन गर्नुपर्छ भनिन्छ । सात्विक भोजन भनेको माछामासुरहित सुद्ध, ताजा, सुपाच्य खानेकुरा हुन् ।

तीनथरी खानाः कुन तपाईको भागमा ?

खासमा खानपानलाई तीन भागमा विभाजन गरिएको छ । सात्विक, राजशी र तामसिक । सात्विक भोजन, जो स्वास्थका लागि लाभदायक हुन्छ । पोषक तत्वले भरपुर र सजिलै पच्ने खानेकुरा । यस्ता खानेकुराले शरीरमा विकार पैदा गर्दैन ।

राजशी खानेकुरामा धेरै मरमसला मिसाइएका थरीथरीका परिकार पर्छन् । जो स्वादिलो हुन्छ । हेर्दा आकर्षक । तर, यस्ता खानेकुरा पचाउने शक्ति हाम्रो पाचन प्रणालीसँग हुँदैन ।

तामासिक खानेकुरा भनेका माछामासु, मदिरा लगायत यस्तो भोजन हो, जसले शरीरमा नकारात्मक उर्जा पैदा गर्छ । उत्तेजना, आवेग, क्रोध बढाउँछ । शरीरमा पुगेपछि त्यस्ता खानेकुराले विकार पैदा गर्छ ।

जिब्रोको लोभमा

यी तीनथरी खानेकुरामा सात्विक भोजनले शरीरलाई निरोगी र उर्जावान बनाइरहन्छ । तर, समाजको बद्लिदो स्वरुप, खानपानको विविधता, अज्ञानता अदि थुप्रै कारणले हामी तामासिक एवं राजशी भोजनमा रमाइरहेका छौं । यस्तै खानेकुरामा हामीलाई बानी परेको छ ।

काठमाडौं जस्ता शहरका हकमा भन्ने हो भने, दैनिकजसो मानिसहरु माछामासुको सम्पर्कमा छन् । विहान-बेलुकी घरमै पाक्ने खानामा सर्तकता अपनाएपनि दिउँसोको खाजा अक्सर रेष्टुरेन्टमा हुन्छ । या त प्याकेटबन्द खानेकुरा खानुपर्ने हुन्छ । रेष्टुरेन्टको अधिकांश मेनुमा मासुजन्य परिकार नै हुन्छ । यस्तो अवस्थामा दिनदिनै हामी खासगरी शहरियाले माछामासु खाइरहेका छौं ।

यातनापूर्वक बध गरिएको माछामासुको असर

काठमाडौंको विशेष खान्की भनेको मम हो । त्यसमा पनि बफ मम । केही समयअघि एक भिडियो सार्वजनिक भएको थियो, जसमा राँगा-भैंसीलाई तराईबाट कति यातनापूर्ण ढंगले ट्रकमा कोचेर ल्याइन्छ भन्ने कुरा देखाइएको छ । चाहे फार्ममा पालिने बोइलर कुखुरा हुन् वा खसीबोका नै, सबैलाई उस्तै यातनापूर्ण तरिकाले ल्याइन्छ । जबरजस्ती हत्या गरिन्छ । त्यसैको मासु बेचिन्छ । हामी दिनदिनै त्यस्तै मासु खाइरहेका छौं ।

माछामासु हामीकहाँ मात्र होइन विश्वभर नै खाइन्छ । तर, त्यसलाई पालनपोषण गर्ने, हुर्काउने, ढुवानी गर्ने, बध गर्ने, भण्डारण गर्ने विधि एवं तौर-तरिका फरक हुन्छ । हामीकहाँ त परम्परागत ढंगले भाग लगाइएको मासुलाई स्वादिलो मानेर किन्ने गरिएको छ । जबकी यस्ता मासुले जिब्रोलाई क्षणिक आनन्द दिएपनि शरीरभित्र प्रवेश गरेपछि त्यसले निकै हानी पुर्‍याउन थाल्छ ।

अहिले शहरियामा बढ्दो मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलोस्टोर, बाथ जस्ता समस्याका कारक यही खानपान हो ।

निरोगी पशुको मासु उपयुक्त

खासमा कुनैपनि प्रणीलाई मासुजन्य प्रयोजनका लागि पालिन्छ भने, त्यसलाई सुविस्तापूर्वक हुर्काइन्छ । स्वस्थ, निरोगी, जवान पशुलाई वध गरिन्छ । त्यो पनि कतिपनि पीडा नदिई । यसरी वध गरिसकेपछि त्यसलाई उचित तरिकाले भण्डारण गरिन्छ, ताकि जीवाणुहरु नफैलियोस् । यस्तो माछामासुले त्यती हानी गर्दैन, जति पीडादायी ढंगले बध गरेर जथाभावी बिक्रीमा राखिएको माछामासुले गर्छ ।

हामीकहाँ यस्तै माछामासु विक्री गरिएको हुन्छ, जो अस्वस्थ्यकर हुनेगर्छ । रोगी पशु पनि बध गरिन्छ । निरोगी पशुलाई समेत बध गर्ने समयसम्म रोगी बनाइन्छ । यातना दिएर । यस्तो मासुले हाम्रो शरीरमा विकार पैदा गर्ने नै भयो ।

यद्यपी अहिले धेरैको भान्समा माछामासु पाक्छ । माछामासु विना खाना नै नखानेहरु पनि थुप्रै छन् । यदि माछामासु खाने नै हो भने, त्यसलाई स्वस्थ्यकर ढंगले सेवन गर्नुपर्छ ।

कसरी स्वस्थ्यकर माछामासु खाने ?

सुरुमा त माछामासु खरिद गर्नुअघि त्यही विक्री केन्द्रमा जानुपर्छ, जहाँ सफा र ताजा माछामासु पाइन्छ । मासुको रंग, गन्धबाट पनि त्यो कति ताजा हो वा वासी हो भन्ने थाहा पाउन सकिन्छ । ताजा र कुनै अखाद्य पदार्थ मिसावट भएको कुरामा ढुक्क भएपछि मात्र माछामासु खरिद गर्नुपर्छ ।

माछामासुलाई सफा गर्ने, भण्डारण गर्ने विधी अपनाउनुपर्छ ।

माछामासु खानुअघि फ्रिजमा राखेर एवं फ्रोजन गरेर खान सकिन्छ । मेरिनेट गरेर पकाउनुअघि पनि फ्रिजमा नै राख्नु उपयुक्त हुन्छ । भण्डारण गर्ने कुरामा मात्र होइन, पकाउने कुरामा पनि सर्तकता अपनाउनुपर्छ । मासुलाई उचित तापमानमा पकाउनुपर्छ ।

अक्सर मासुलाई धेरै समय पकाउने गरिन्छ । यसले उक्त खानेकुरा विषाक्त बन्ने भय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment